बिहिवार, भाद्र २३ २०७९
भदौ, २३ काठमाडौ । आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा संसार भरी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यसै सन्दर्भमामा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य समेत तय गरेको छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन आज सार्वजनिक गर्दैछ ।
५६ औं अन्तर्राष्ट्रिय दिवस सम्म आइपुग्दा नेपालमा अझै १६ जिल्लामा साक्षरता घोषणा गर्न सकेको छैन र मधेसका एक जिल्ला समेत साक्षरता जिल्ला घोषणा गर्न सकेको छैन । कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । यद्यपि सरकारले २०६५ सालमा नै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेका अहिलेसम्म हुन सकेको छैन । हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लामा ७५ देखि ९० प्रतिशत नागरिक साक्षर भएको दाबी गरेको । त्यसैगरी १५ देखि ६० उमेर समूहका ८५ प्रतिशत नेपालको साक्षरताको विद्यमान अवस्था रहेको जनाएको छ । कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएमा साक्षर जिल्ला वा पालिका वा प्रदेश घोषणा गर्न सकिने व्यवस्था छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल, राज्य मन्त्री बोधमाया कुमारी यादव लगाएत ब्यक्तितब हरुले शुभकामना ब्यक्त समेत गरेका छन।





