Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलेश्वर आवास माविद्वारा कक्षा १२ र ११ का विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न ।

कुलेश्वर आवास माविद्वारा कक्षा १२ र ११ का विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न ।

  • 1.4K
    SHARES

  • कुलेश्वर आवास माविद्वारा कक्षा १२ र ११ का विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न ।

    भदौ, २३ काठमाडौ । कुलेश्वर आवास माध्यामिक बिद्यालय (कसिस / KASES) द्वारा कक्षा १२ र कक्षा ११ का विद्यार्थीहरुलाइ बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। बिद्यालयले कक्षा १२ मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाइ तथा कक्षा ११ मा अध्यायन गर्न आएका विद्यार्थीहरुलाइ लक्षित गरेर स्वागत कार्यक्रम सम्पन्न गरेको हो।Picsart_22-09-08_20-25-55-117.jpg

    बधाइ तथा स्वागत कार्यक्रमको संचालन KASES का कोर्डिनेटर प्रकास भण्डारिले गर्नुभयो भने शिक्षा बिकास तथा समन्वय इकाइ का प्रमुख तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नन्दलाल पौडेल कार्यक्रमका सभापतिको रुपमा रहनु भयो। कार्यक्रममा बिशेष अतिथिको रुपमा स्कुलका प्रीन्सिपल मेघराज दुलाल, बिद्यालय  ब्यबस्थापन समितिका सदस्य भेसनारायण दाहाल, राजु दाहाल सर्मा : (कुलेश्वर आवास गुठीका अध्यक्ष ) लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रममा कक्षा १२ को विद्यार्थी मेनुका तामाङले स्वागत मन्तव्य राखिन ।FB_IMG_1662649191841.jpg

    उक्त कार्यक्रममा प्रीन्सिपल मेघराज दुलालले बधाइ तथा शुभकामना मन्तव्य राख्नु भयो। उहाँले अहिलेको शैक्षिक आवस्यकता अनुसार बिद्यालयलाई सुधार गर्दै लैजाने र शैक्षिक हबको रुपमा बिद्यालयलाई बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई राम्रो नतिजा ल्याउन सफल भएको बधाइ दिदै उच्च शिक्षा अध्यायनकोलागी विद्यार्थीहरुलाई शुभकामना दिनुभयो। त्यसैगरी कक्षा ११ का विद्यार्थीहरुलाई अथक मिहेनत गरेर मात्रै शैक्षिक उदेश्य पूरा गर्न सकिने भन्दै त्यसकोलागी बिद्यालयले अझै मिहेनत गरि पठनपाठन र अतिरिक्त क्रियाकलापमा समेत जोड दिने बताउनुभयो।20220908_140056.jpg

    कार्यक्रममा कुलेश्वर आवास गुठीका अध्यक्ष राजु दाहाल सर्माले कुलेश्वर माविले ल्याएको नतिजाले गर्व गर्न लायक रहेको भन्दै आगामी दिनहरुमा अझै राम्रो नतिजा ल्याउन सफल हुने बताउनु भयो।

    उक्त कार्यक्रममा शिक्षा बिकास समन्वय इकाइका प्रमुख तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नन्दलाल पौडेलले कक्षा १२ का विद्यार्थीहरुलाई बधाइ र कक्षा ११ मा अध्यायन गर्न आउनुभएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नुभयो। उहाँले अनुशासन विद्यार्थीको सबैभन्दा ठूलो गहना भएको भन्दै अनुशासनलाइ सर्बोपरिमा राखेर अध्यायन अध्यापनमा ध्यान दिन विद्यार्थीहरुलाइ आग्रह गर्नुभयो। उहाँले कक्षा १२ मा पढेका भाइबहिनिहरु सबैले ब्याचलर पढ्न पाउने भएकोमा बिद्यालय परिवारलाई , शिक्षक तथा विद्यार्थीहरुलाई हार्दिक बधाइ समेत दिनुभयो।20220908_144443.jpg

    एक अर्को सन्दर्भमा उहाँले आउने दिनहरुमा परिक्षा झनझन कठिन हुने र परिक्षण झनझन ब्यबस्थित हुने भन्दै विद्यार्थीहरुलाइ कठिन परिश्रम गर्न जोड दिनुभयो।

    त्यसैगरी सामाजिक क्षेत्रमा काम गर्ने मानिसहरुले सेवा गर्न कहिले हिच्किचाउन नहुने भन्दै शिक्षक कर्मचारीहरुलाई त्यो कुरा अनुशरण गर्नुपर्ने बताउनुभयो। प्रमुखले महानगरले निरन्तर बिद्यालयलाई सहयोग गर्ने बताउनु भयो।FB_IMG_1662643315657.jpgFB_IMG_1662643299415.jpg

    FB_IMG_1662643158768.jpg

    images
    बिहिवार, भाद्र २३ २०७९०८:२२:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार