Jul 27 2026 | २०८३, श्रावण ११ गते

एड-मार्कले गर्‍यो कक्षा ११ का नयाँ विद्यार्थीहरुलाइ स्वागत।

एड-मार्कले गर्‍यो कक्षा ११ का नयाँ विद्यार्थीहरुलाइ स्वागत।

  • 868
    SHARES

  • एड-मार्कले गर्‍यो कक्षा ११ का नयाँ विद्यार्थीहरुलाइ स्वागत।

    भदौ, २४ काठमाडौ । एड-मार्क कलेजद्वारा विद्यार्थीहरुको कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम द्वारा सम्मान गरेको छ। कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको हो।20220909_140641.jpg

    कार्यक्रमको सभापतिको रुपमा एड-मार्क स्कुल/कलेजका अध्यक्ष पुरुसोत्तम अधिकारीले रहनुभयो। स्वागत कार्यक्रममा स्वागत कार्यक्रमा एड-मार्क स्कुल/कलेजका संस्थापक संचालक, गायक यमबुद्धका बुबा समाजसेवी तथा शैक्षिक ब्यक्तित्व अम्बिका अधिकारीको प्रमुख अतिथि र उनकी ममतामयी आमा उर्मिला अधिकारीका साथसाथै प्रिन्सिपल शिव प्रसाद अधिकारी, साहयक प्रिन्सिपल, एकेडेमी डाइरेक्टर लगाएत शिक्षक कर्मचारिहरुको उपस्थिति रहेको थियो।20220909_135830.jpg

    कार्यक्रममा प्रीन्सिपल शिव प्रसाद अधिकारीले स्वागत मन्तव्य दिनुभयो । उहाँले विद्यार्थीहरुको आगामी भविष्य उज्ज्वल रहोस भन्दै निरन्तर मिहेनतले मानिसहरु गन्तब्यमा पुग्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले २०५७ अम्भिका अधिकारी द्वारा बागबजारमा स्थापना गरिएको कलेज २०६५ देखि स्नातक तह BBS, BA, BSW, र BCA संचालनमा लाएको भन्दै काठमाडौको कलंकिमा रहेर आफ्नै मुख्य बिल्डिङ, न्युनतम शुल्क लिएर पढाइरहेका कुरा उजागर गर्नुभयो। २०७६ सालमा १४ सय कलेजहरुमा स्नातक तह BBS तर्फ नेपाल टप र नेपाल तेस्रो र पाँचौ पनि एडमार्क बाटै भएको स्मरण गराउदै विद्यार्थीहरुलाइ मिहेनत गरे सफलता हासिल गर्न सकिने बताउनु भयो।20220909_142752.jpg

    कार्यक्रममा प्रमुख अतिथी कलेजका संस्थापक संचालक, समाजसेवी तथा शैक्षिक ब्यक्तित्व अम्बिका अधिकारीको विद्यार्थीहरुलाई स्वागत गर्नुभयो। उहाँले यमबुद्धलाई यो कलेजले जन्म दिएको र यो कलेज विद्यार्थीहरुको लागि यमबुद्ध जस्तै बन्न प्रेरणा दिने संस्था भएको बताउनु भयो। त्यसैगरी उहाँले पोखरा यात्रा जाँदा आपुखैरेनिमा गाडी दुर्घटना परेको सम्दर्भ जोड्दै पोखरा मेडिकल अस्पतालमा बिरामीलाई चेक गराउदा करिब १२ जना एड-मार्कको विद्यार्थी डाक्टर भएको देख्दा खुसी लागेको कुरा व्यक्त गर्नुभयो।

    कुनै पनि बिधा आफैमा कमजोर नहुने विद्यार्थीहरुको आफ्नो मिहेनत र आर्जन गरेको ज्ञान् अनुसार त्यसको महत्व फरक हुने बताउनु भयो।

    स्वागत कार्यक्रमको अन्त्यमा कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति पुरुसोत्तम अधिकारीले न्युनतम शुल्कमा उच्च शिक्षाको पहुच निर्माण गर्ने एड-मार्क कलेज उत्कृष्ट रहेको बताउनु भयो। उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने बाताबरण बनाउनुपर्ने ठाउमा स्कुल/ कलेज कहि नचुक्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।20220909_142916.jpg

    स्वागत कार्यक्रममा कलेजले कक्षा१२ मा उत्कृष्ट नतिजा हासिल गरेका ८ जना विद्यार्थीहरुलाई मयाको चिनो स्वरुप सम्मानपत्र बितरण गरेको थियो। त्यसैगरी विभिन्न अतिरिक्त कृयाकलाप फूटसलमा र भलिबलमा सहभागी विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरेको थियो।

    20220909_143610.jpg20220909_144119.jpg20220909_143933.jpg

    images
    शुक्रवार, भाद्र २४ २०७९१०:४५:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार