शनिवार, भाद्र २५ २०७९
भदौं,२५ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सुदूरपश्चिम प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।
सिटिइभिटिले प्रि-डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्येबाट प्रवेश परीक्षा सञ्चालन गरी नामावली प्रकाशन गरेको हो ।
नतिजा सम्बन्धि बिस्तृत जानकारीका लागि परिषदको वेबसाईट www.ctevt.org.np र सुदूरपश्चिम प्रदेश कार्यलयको वेबसाईट www.ctevtsppo.org.np/notice मा गएर हेर्न सकिने छ।
