Oct 07 2026 | २०८३, आश्विन २१ गते

काठमाडौ बर्नहार्टले गर्‍यो नयाँ विद्यार्थीहरुलाइ स्वागत।

काठमाडौ बर्नहार्टले गर्‍यो नयाँ विद्यार्थीहरुलाइ स्वागत।

  • 799
    SHARES

  • काठमाडौ बर्नहार्टले गर्‍यो नयाँ विद्यार्थीहरुलाइ स्वागत।

    भदौ, २५ काठमाडौ । काठमाडौ बर्नहार्ट सेकेन्डरी स्कुल/ कलेजले एसइई उत्तीर्ण भइ कक्षा ११ मा अध्यायन गर्न आएका बिद्यार्थीलाई भब्य कार्यक्रम बिच स्वागत गरेको छ। कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा भएको उक्त कार्यक्रममा कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई बिज्ञान संकाय र ब्यबस्थापन संकायको छुट्टाछुट्टै गरि २४ र २५ गते भब्य कार्यक्रमका बीच स्वागत कार्यक्रम सम्पन्न गरेको हो।20220909_121608.jpg

    स्वागत कार्यक्रममामा काठमाडौ बर्नहार्ट स्कुल / कलेजका फाउन्डर अध्यक्ष, प्रिन्सिपल केबि महर्जनको प्रमुख अतिथ्यतामा र कलेजका अध्यक्ष भुपेस छत्कुली , प्रमुख सल्लाहकार प्राध्यापक डाक्टर नारायण प्रसाद चापागाईं, मेनेजिङ डाइरेक्टर नवराज अधिकारी, एक्जुकेटिभ डाइरेक्टर  पुरुषोत्तम बिष्टको, स्कुलका प्रिन्सिपल अमृत बाबू भट्ट  र भाइस प्रिन्सिपल सुरज शिवाकोटीको विशेष अतिथ्यतामा सम्पन्न भयो।20220909_122614.jpg

    कार्यक्रममा पार्वती न्यौपानेले स्वागत मन्तव्य राख्नु भयो।स्वागत मन्तव्यको क्रममा उहाँले "बर्नहार्ट हाम्रो दोश्रो घर हो।" यसलाई सधैं सम्मान र संरक्षण गर्नुपर्ने बताइन् ।

    कार्यक्रममा स्कुलका प्रिन्सिपल अमृत बाबु भट्टले युवा बैज्ञानिकहरु हो देश र जगत सुन्दर बनाउन अब तिम्रो नेतृत्व चाहिन्छ ,चमत्कार गर, बिश्वासको उच्च स्तर बनाउ, तिमीले नै देशको नेतृतब गर्न तयार रहनुपर्ने धारणा व्यक्त गर्नुभयो।हामीले यो भएन त्यो भएन भनेर आलोचना गर्छौ के हामी साँच्चै त्यो बिग्रेको कुरा बनाउन सक्छौं ? बिज्ञान र ब्यबस्थापन कठिन छैन मात्र हामीले त्यसको दृस्ठिकोण बनाउन जरुरी छ भन्दै अध्ययनमा अधिक सक्रिय हुन आग्रह गरे।20220909_124652.jpg

    कार्यक्रमको बीचमा बिधालयमा बनेका विभिन्न कक्षाका क्याप्टेनहरुलाई सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा मोतीजयन्तीमा सहभागी भइ प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण समेत गरिएको थियो।20220909_123812.jpg

    कार्यक्रमका प्रमुख अतिथि केबि महर्जनले आफुलाई बैज्ञानिक आइन्स्टाइन मनपर्ने भन्दै बिज्ञान बिषय पढेर बैज्ञानिक बन्नकोलागि हिम्मत र मिहेनत गर्नुपर्ने बताउनुभयो। त्यसैगरी ब्यास्थापनका विद्यार्थीहरुले आजको देशको समस्या के हो? हाम्रो ब्यबस्थापन कहाँ र किन बिग्रेको भन्नेकुरा पत्तालगाउने जिम्मा अहिलेका विद्यार्थीहरुको रहेको बताउनुभयो। उहाँले अहिले विद्यार्थीहरु नयाँ भएको र जब दुई बर्षपछी पास आउट हुन्छन् त्यतिबेला बर्नहाटले सिकाएको शिक्षाको बारेमा धेरै कुरा जान्ने बताए।20220909_130732.jpg

    एक अर्को सन्दर्भमा "हामीहरु अंग्रेजी पढेर मात्रै गुणस्तर पाउदैनौ,भाषा भनेको भाषा मात्रै हो, हामिले हाम्रो भाषालाई पनि उत्तिकै महत्व दिनपर्छ।"भन्दै चौतर्फी ब्याक्तित्व निर्माण गर्नुपर्नेमा जोड दिए। उहाँले कसरी नेता बन्ने ? भन्ने प्रश्न गर्दै बिज्ञान र ब्यबस्थापन पढेको विद्यार्थीहरुले बिज्ञान र ब्यबस्थापन मात्रै बुझ्नुपर्छ भन्ने होइन विद्यार्थीहरु भर्साटाइल (सर्वज्ञान्) ब्याक्तित्व बन्नुपर्छ भन्ने तर्क गर्नुभयो। उहाँले विद्यार्थीलाई "तिमीले सब कुरा जन्नैपर्छ किनकि संसार परिवर्तनशील छ" भन्दै विद्यार्थीहरुलाइ मिहेनत गर्न जोड दिनुभयो।

    त्यसैगरी "शैक्षिक संस्थालाई जीवन दिने भनेको विद्यार्थीहरुले हो, विद्यार्थी जस्तो हुन्छ शिक्षण संस्था पनि उस्तै हुन्छ।" भन्दै विद्यार्थी र शिक्षण संस्था बीच नङ र मासुको जस्तो सम्बन्ध हुन्छ भन्नुभयो ।20220909_121608.jpg

    स्वागत कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य र गायन प्रस्तुति गरेका थिए । स्वागत कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिइ उत्कृष्ट भएका विद्यार्थी हरुलाइ सम्मान समेत गरिएको थियो।

    20220909_124309.jpg

    images
    शनिवार, भाद्र २५ २०७९०९:५४:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार