Oct 07 2026 | २०८३, आश्विन २१ गते

सानद्वारा कक्षा ११ को स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

सानद्वारा कक्षा ११ को स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

  • 1.5K
    SHARES

  • सानद्वारा कक्षा ११ को स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

    भदौ, २६ काठमाडौ । सान ईन्टरनेशनल कलेजद्वारा कक्षा ११ को विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । एसइई उत्तीर्ण भइ सान मा भर्ना भएका कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत तथा कलेजको बाताबरण, शैक्षिक अवस्था र विद्यार्थीहरुको पढाइ र लगनशीलता प्रतिको जिम्मेवारीलाई बोध गराउन अभिमुखिकरण कार्यक्रम गरिएको हो।received_767979091161952.jpeg

    कार्यक्रममा कक्षा ११ का करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष डा.सुवास घिमिरेको अध्यक्षता तथा चर्चित नायक निखिल उफ्रेतीको विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष डा.घिमिरेले विद्यार्थीहरुलाइ स्वागत गर्दै सान कलेजले विद्यार्थीहरुको विशिष्ट क्षमताहरुको पहिचान गरी सोही अनुसार विद्यार्थीहरुको चौतर्फि विकासको वातावरण तयार गरेको जानकारी दिनु भयो ।Screenshot_20220911-094354_Facebook.jpg

    उक्त कार्यक्रममका संस्थाका कार्यकारी निर्देशक गोपाल भण्डारीले आफ्ना पुर्व विद्यार्थीहरु कामनपाका उपमेयर सुनीता डंगोल,क्रिकेटर रोहित कुमार पौडेल, पाटन हस्पिटलका मेडिकल अन्कोलोजी डिपार्टमेन्ट प्रमुख डा.अरुण शाही लगायत थुप्रै सफल देशका गहनाहरु तयार गर्न संस्था व्यवस्थित कार्ययोजना सहित अगाडी बढेको बताउनु भयो ।

    त्यसैगरी कार्यक्रममा अभिनेता तथा जिवन दर्शनको ज्ञाता निखिल उप्रेतिले संसार बुझ्नको लागि विद्यार्थीहरुले साधना गर्दै ज्ञान् गासिल गर्नुपर्ने बताउनु भयो। उहाले त्यसकोलागी सान कलेज उत्कृष्ट रहेको समेत बताउनु भयो।received_2117200675128790.jpeg

    उक्त स्वागत तथा अभिमुखिकरण कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुले आकर्षक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

    Screenshot_20220911-094429_Facebook.jpgScreenshot_20220911-092410_Google.jpg

    images
    आइतवार, भाद्र २६ २०७९०९:४८:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार