आइतवार, भाद्र २६ २०७९
भदौ, २६ ललितपुर । ललितपुर को सातदोबाटो स्थित ब्राइटफ्युचर स्कुल/ कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थी हरुलाइ स्वागत तथा कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। कलेजले ललितपुरको महालक्ष्मी स्थानमा एक पार्टी प्यालेसमा आयोजित भब्य कार्यक्रम बिच विद्यार्थीहरुलाइ स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा क्याम्पस चिफ किशोर अधिकारी, स्कुल प्रिन्सिपल वासुदेव कोइराला, प्रशासन प्रमुख राम हुमागाइ र BBS कोर्डिनेटर रमेश बिष्टको अतिथ्यतामा बिदाइ तथा स्वागत कार्यक्रम गरेको जनाइएको छ। कलेजका चिफ किशोर अधिकारीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई आगामी दुई बर्ष विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिइ भविष्यमा देशको सेवा गर्ने असल नागरिक उत्पादनमा जोड दिएको बताए।
त्यसैगरी प्रिन्सिपल वासुदेव कोइरालाले विद्यार्थीहरुको आवस्यकता पुरागर्ने गरि अध्यायन अध्यापनमा सरिक भइ अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने बताउनु भयो।
कार्यक्रममामा कक्षा १२ मा उत्तीर्ण भएका विद्यार्थीहरुको बिदाइ गरिएको थियो। बिदाइ हुनुबुने विद्यार्थीहरुलाई आगामी दिनमा आफ्नो दक्षता अनुसार शैक्षिक बिषय र कलेज छान्न सुझाव दिए। विद्यार्थीहरुले आफ्नो सपना र उदेश्य पुरागर्न कठिन मिहिनेत गर्नुपर्ने भन्दै समाजको नेतृत्वदायी भुमिका प्रदान गर्न सक्ने बन्न मार्गनिर्देशन दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु मार्फत प्रस्तुति पस्केका थिए।

