Oct 07 2026 | २०८३, आश्विन २१ गते

कक्षा ११ र १२ का शिक्षकहरुद्वारा आज पेनडाउन।

कक्षा ११ र १२ का शिक्षकहरुद्वारा आज पेनडाउन।

  • 563
    SHARES

  • कक्षा ११ र १२ का शिक्षकहरुद्वारा आज पेनडाउन।

    भदौ, २८ काठमाडौ । साविक उच्च माविका (कक्षा ११ र १२) शिक्षहरुले आज पेन डाउन गरेका छन्। माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले १६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरे अनुरुप आज देशभरका शिक्षकहरुले पेन डाउन अर्थात कलम बन्द गरि पठनपाठन ठप्प गरेका हुन्।

    यस अघि साविक उच्च मावि तहका शिक्षकहरुले पेनडाउन कलम बन्द गर्ने कार्यक्रम रहेकोले, शिक्षक विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको थियो।

    कक्षा ११ र १२ मा आंशिक, अनुदान र अस्थायी दरबन्दीका तीन प्रकारका शिक्षक कार्यरत रहेपनि विगत ३० वर्षदेखी स्थायी दरबन्दीको शिक्षकको व्यावस्था नगरे कै कारण विरोध स्वरुप उनीहरुले आज भदौ ३० गते कलम बन्द गरेर पठनपाठन ठप्प गरेको बताइएको छ।

    शिक्षकहरुले बन्दै गरेको नयाँ शिक्षा ऐनमा साविक उच्च मावि शिक्षकहरुको माग समावेश गरिनुपर्ने माग राख्दै उनीहरु एकसातादेखी आन्दोलित छन् । यसअघि ११ र १२ कक्षाका शिक्षकले आफ्ना १६ बुँदे मागबारे सोमबार ७७ वटै जिल्लाबाट सांसदहरूलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए।

     

    images
    बिहिवार, भाद्र ३० २०७९०९:५३:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार