बिहिवार, भाद्र ३० २०७९
भदौ, ३० काठमाडौ । आर्थिक बर्ष २०७९/८० काे राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३ हजार ४७ बिद्यालय छनोटमा परेका छन। शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले यस कार्यक्रमका लागि देशभरबाट ३ हजार ४७५ विद्यालय छनोट गरेको हो।
यस अघि ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि,२०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९–८० मा साउनबाट नै कार्यन्वयन गर्ने गरी प्रस्ताव आव्हान गरेको थियो ।
राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रम प्रस्ताव पेश गरेका थिए ।
यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।
छनाैट भएका विद्यालयहरुकाे विवरण तलको लिङ्क मा हेर्नुस। https://drive.google.com/file/d/1zItT-a-c_8lO3rlM0duVsJwW8FCuRaTS/view?usp=drivesdk