Oct 07 2026 | २०८३, आश्विन २१ गते

छात्रवृत्ति सम्बन्धी बागमती प्रदेशकोको अत्यन्तै जरुरी सूचना ।

छात्रवृत्ति सम्बन्धी बागमती प्रदेशकोको अत्यन्तै जरुरी सूचना ।

  • 566
    SHARES

  • छात्रवृत्ति सम्बन्धी बागमती प्रदेशकोको अत्यन्तै जरुरी सूचना ।

    असोज, ६ काठमाडौ । सामाजिक बिकास मन्त्रालय, बागमती प्रदेशले शैक्षिक छात्रवृत्ति सम्बन्धी अत्यन्तै जरुरी सुचना प्रकाशित गरेको छ । मन्त्रालयले सामुदायिक माध्यामिक बिद्यालय कक्षा ११ वा सो सरहमा र उच्च शिक्षा अध्यायनरत विद्यार्थीहरुकालागी शैक्षिक छात्रवृत्ति सम्बन्धी सूचना प्रकाशित गरेको हो।

    बागमती प्रदेश सरकारबाट स्वीकृत शैक्षिक छात्रवृत्ति निर्देशिका २०७८ अनुसार सामुदायिक माध्यामिक बिद्यालय / शिक्षालय कक्षा ११ वा सो सरह कृषि, भेटेनरी, सर्भेयर, सिभिल इन्जिनियर र बन बिज्ञान बिषयमा पहिलो बर्ष पहिलो सेमेस्टर अध्यायनरत प्रदेश भित्रका दलित, अल्पसंख्यक, सिमान्तकृत र लोपोन्मुख जातिका छात्रछात्राहरु मध्ये बागमती प्रदेशका प्रतेक स्थानीय तहबाट एक जना छात्र वा छात्रालाइ छात्रवृत्ति प्रदान गरिने छ। छात्रवृत्तिको लागि आवस्यक कागाजात संलग्न गरि सुचना प्रकाशित भएको ३० दिन भित्र आफ्नो स्थाइ ठेगाना भएको स्थानीय तहमा निवेदन पेश गर्नुपर्ने छ।

    यस्तो छ सूचनाScreenshot_20220922-065911_Chrome.jpg

    त्यसैगरी स्नातक र स्नातकोत्तर तह प्रथम बर्ष वा पहिलो सेमेस्टर अध्यायनरत छात्रहरुलाइ एक पटककालागी क्रमशः रु १०,००० र १५,००० दुई किस्ता गरि छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम हुदा बागमती प्रदेश भित्र सोही स्थानमा स्थाइ घर हुने र सामुदायिक क्याम्पसमा अध्यायनरत छात्रहरुले सूचना प्रकाशित भएको ३० दिन भित्र आवस्यक कागाजात संलग्न राखी अनलाइन मार्फत फार्म भर्न सकिने छ।

    फारम भर्न निर्देशनालयको वेबसाईट www.bagmati.gov.np मा log in गरि Online Application मा क्लिक्गरी फारम भर्न सकिने छ।

    यस्तो छ सूचना।Screenshot_20220922-065853_Chrome.jpg

     

    images
    बिहिवार, आश्विन ६ २०७९०३:०८:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार