आइतवार, आश्विन ९ २०७९
असोज, ९ रौतहटः शैक्षिक भ्रमणको लागी बजेट नदिएको भन्दै रौतहट जिल्लामा विद्यार्थीहरुले नगरपालिका कार्यलय तोडफोड गरेका छन। जिल्लाको बौधिमाई नगरपालिका स्थित शंकर मा.वि.का आक्रोशित विद्यार्थीहरुले नगरपालिका तोडफोड गरेका हुन्।
सयौंको संख्यामा आएका विद्यार्थीहरुले नगरपालिका साथै मेयर प्रदीप यादब चढ्ने ना१ झ १६९३ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा ढुंगामुढा गरी तोडफोड गरेका छन जनाइएको छ। मेयर यादवले कार्यालयमा काम गरिरहेको बेला विद्यार्थीहरूको समूह पुगेर अचानक आक्रमण गरेको बताए। उनले भने, ‘म चढ्ने गाडी मात्र होइन, कार्यालयमा समेत तोडफोड गरी करोडौँको क्षति पुर्याएका छन्।’ ‘विद्यार्थीहरूको हुलमा बाहिरका मान्छे पनि थिए’, उनले भने, ‘ममाथि समेत आक्रमणको प्रयास गरे तर जसोतसो ज्यान जोगाए।’ उनीहरू किन तोडफोड तथा आक्रमण गरेको कुरा थाहा नभएको बताए।
त्यसैगरी विद्यार्थीहरुले बंकुल चौकमा टायर बालेर प्रदर्शन गरेका छन् स्थिति लाई नियन्त्रण मा लिन प्रहरीले आँसु ग्यास प्रयोग गरेका छन। झडपका क्रममा नेपाल प्रहरीका असई सुनिल यादवसहित २ जना र सशस्त्र प्रहरीका ३ जवान घाइते भएका रौतहटका एसपी वीर बहादुर बुढाथोकीले जानकारी दिए। झडपमा केहि विद्यार्थी पनि घाइते भएको बताइएको छ।