Jul 27 2026 | २०८३, श्रावण ११ गते

टिएचईले गरेकी वरीयतामा त्रिवि पुनः विश्वका हजार बिश्वबिद्धालयभित्र पर्न सफल

टिएचईले गरेकी वरीयतामा त्रिवि पुनः विश्वका हजार बिश्वबिद्धालयभित्र पर्न सफल

  • 444
    SHARES

  • टिएचईले गरेकी वरीयतामा त्रिवि पुनः विश्वका हजार बिश्वबिद्धालयभित्र पर्न सफल

    असोज, ३० काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय पुन: बिश्वभरिका हजार बिश्वबिद्धालयमा पर्न सफल भएको छ। टाइम्स हायर एजुकेसन (टीएचई) ले गरेको बरीयतामा त्रिभुवन विश्वविद्यालय विश्वका ८०० देखि १००० औं स्थानमा पर्न सफल भएको हो।

    त्रिभुवन बिश्वबिद्धालय २०१९ मा ८०१–१००० र सन् २०२० मा १००० भन्दा माथिको स्थानमा झरेको थियो । गत वर्ष विश्वविद्यालय ८०१ देखि १००० को बीचमा पर्न सफल भएको थियो भने यस वर्ष फेरि ८००–१००० को हाराहारीमा पुगेको टीएचईले सार्वजनिक गरेको प्रतिवेदनमाउल्लेख गरिएको छ।

    World Universitu Ranking 2023 सार्वजनिक भएसंगै त्रिविको स्थान सार्वजनिक भएको हो । यस वरीयतामा १०४ देशका १७९९ विश्वविद्यालय सहभागी गराइएको थियो । यो वर्ष गरेको वरीयतामा विश्वविद्यालयले प्रकाशन गरेका १५.५ मिलियन भन्दा बढी अनुसन्धान प्रकाशनहरूबाट १२१ मिलियन भन्दा बढी अनुसन्धानको विश्लेषण गरेको थियो ।

    जसमा विश्वभरका ४० हजार विशेषज्ञहरूको सर्वेक्षण प्रतिवेदनहरू समावेश गरिएको थियो । विश्वभरिका २ हजार ५०० भन्दा बढी विश्वविद्यालयले ६ लाख ८० हजार भन्दा बढी आफ्नो प्रतिवेदन बुझाएका थिए ।

    उक्त वरीयतामा बेलायतको अक्सफोर्ड युनिभर्सिटी लगातार सातौं वर्ष शीर्ष स्थानमा पर्न सफल भएको छ भने हार्वर्ड बिश्वबिद्धालय दोस्रो, क्याम्ब्रिज बिश्वबिद्धालय र स्ट्यानफोर्ड बिश्वबिद्धालय तेस्रो स्थानमा रहेका छन् ।

     

    images
    आइतवार, आश्विन ३० २०७९०५:१४:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार