बुधवार, कार्तिक २ २०७९
कार्तिक, १ सुर्खेत । निर्वाचनमा खटाउँदा सम्मानजनक ढंगले व्यवहार गर्न भन्दै नेपाल शिक्षक संघ कर्णाली प्रदेश कार्य समितिले ध्यनाकर्षण पत्र पेश गरेको छ ।
संघले आज निर्वाचन कार्यलयमा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कर्मचारीहरुको खटनपठनका क्रममा निर्वाचन निर्देशिका २०७९ को ११ ख र घ मा रहेको प्रावधानले आम शिक्षकहरुको सम्मानमा चोट पुगेको ठहर गर्दै गम्भीर ध्यानाकर्षण बुझाएको हो।
शिक्षक संघले राष्ट्रसेवक कर्मचारीहरुको हैसियतले राज्यलाई आवश्यक परेको बखत सहयोग गर्ने प्रमुख दायित्व आम शिक्षकहरुको रहने भएकोले निर्वाचन प्रायोजनका लागि शिक्षकलाई खटाउँदा सम्मानजनक ढंगले व्यवहार गर्न भन्दै ध्यनाकर्षण पत्रमा उल्लेख गरिएको छ। साथै संघले नेपालको संविधिान २०७२ मा नेपालमा सबै राष्ट्रसेवक कर्मचारीहरु समान रहेको, संविधान सभाको निर्वाचन लगाएत नेपालमा सम्पन्न भएका सबै आम निर्वाचनहरुमा शिक्षकहरुको निर्वाहगरेको भुमिकालाई ध्यनाकर्षण पत्रमा उल्लेख गरिएको छ ।