बुधवार, कार्तिक २ २०७९
कार्तिक, २ काठमाडौ । लोकसेवा आयोगले उत्तरपुस्तिका नबुझाई घरमै लगेका परीक्षार्थीलाई २ वर्षका निम्ति परीक्षा दिन बन्देज गरेको छ। आयोगको बिज्ञापन नं. १६६९५ - १६७०१ / २०७७-७८ (खुल्ला/समावेसी) रा.प्र. तृतीय श्रेणी (अप्राबिधिक) साखा अधिकृत वा सो सरहको पदको मिति २०७९ असोज ३० गते भएको परिक्षामा सहभागी सीता खरेलको परीक्षा रद्द गरि २ वर्षका निम्ति परीक्षा दिन बन्देज गरेको हो।
आयोगका अनुसार मास्टर आइ.डि. ४००५५ रोल नम्बर ८७९००४५ निज खरेलले उत्तर पुस्तिका निर्धारित समयमा नबुझाइ आफ्नै झोला मा राखी लगेकोले यस्तो निर्णय गरिएको बताइएको छ।
