बुधवार, कार्तिक १६ २०७९
कर्तिक, १६ काठमाडौ । कृषि तथा बन बिज्ञान बिश्वबिद्धालय सेवा आयोगले उपप्राध्यापक पदमा खुला प्रतियोगिताकोलागि दर्खास्त आव्हान गरेको छ ।
बिश्वबिद्धालयको केन्दृय तथा आंगिक क्याम्पसहरुमा रिक्त रहेका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नकोलागी दर्खास्त आव्हान गरेको हो।
बिश्वबिद्धालय सेवा आयोगले एग्रीबिजनेस मेनेजमेन्ट १ जना, एग्रीकल्चर इन्जिनियर १ जना, मेकानिकल इन्जिनियर १ जना, भेट फर्माकोलिजी १ जना, बागबानी २ जना, माटो बिज्ञान १ जना, पशु बिज्ञान २ जना, बायो क्यामेस्ट्री १ जना, फोरेष्ट्री ४ जना, सिल्भिकल्चर १ जना र वाटरसेड म्यानेजमेन्ट १ जना गरि जम्मा १६ जना उपप्राध्यापक पदको लादी दर्खास्त आह्वान गरेको छ।
बिस्तृत जानकारिको लागि बिश्वबिद्धालयको वेबसाईट www.afu.edu.np मा गएर हेर्नसकिने छ।
