Oct 08 2026 | २०८३, आश्विन २२ गते

आर्थिक अवस्था कमजोर भएको भन्दै एक छात्राले गरिन पढाइ त्यागको घोषणा ।

आर्थिक अवस्था कमजोर भएको भन्दै एक छात्राले गरिन पढाइ त्यागको घोषणा ।

  • 866
    SHARES

  • आर्थिक अवस्था कमजोर भएको भन्दै एक छात्राले गरिन पढाइ त्यागको घोषणा ।

    कार्तिक, १६ बिराटनगर । आर्थिक अवस्था कमजोर भएकोले एक छात्राले पढाइ त्यागको घोषणा गरेकी छ्न । BBA पढ्ने चाहना राखेकी विराटनगर–४ वस्ता टोल निवासी कोशीकुमारी कामतले पढाइ त्यागको घोषणा गरेकी हुन्।

    कामतले बिराटनगरको चर्चित पोखरिया माविबाट ३.२९ GPA सहित कक्षा १२ उत्तीर्ण गरेकी थिइन । BBA पढाउने कलेजले लाखौं शुल्क मागेको र आफ्नो त्यो आर्थिक हैसियत नभएको उनले पढाइ त्याग गरेको बताइएको छ। उनी मंगलबार विद्यालयमा चारीत्रिक एवं ट्रान्सफर प्रमाणपत्र लिन आएकी र त्यसैक्रममा कामतले प्राचार्य खेमराज भट्टराई र शिक्षक कर्मचारीकै सामु आफूले पठनपाठन त्यागेको बताइएको छ।

    एक स्थानिय अनलाइन लाई कामतले भनिन्, ‘मसँग कलेजको पैसा तिर्ने आर्थिक हैसियत छैन, हामी गरीब छौं, कहिँकतैबाट कुनै सहयोग छैन, म कलेज पढे भने बुवाले मेरो फीस तिर्ने की आफ्नो ऋण तिर्ने ? त्यसैले मैले अगाडिको पढाई नपढ्ने निधो गरेकी हुँ ।’

    यसअघि आर्थिक अवस्था कमजोर भएकी उनलाई पोखरिया माविले कक्षा १० सम्म नि:शुल्क र कक्षा ११/१२ मा न्यून शुल्कमा पढाएको थियो । उनका बुवा सिटि रिक्सा चलाउने गर्छन् । बिराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकमा खबर छ ।

     

    images
    बुधवार, कार्तिक १६ २०७९०७:२३:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार