बिहिवार, कार्तिक १७ २०७९
कार्तिक, १७ काठमाडौ । नेपाल खुला विश्वविद्यालयले आफैंले पारित गरेको निर्देशिकाविपरीत ‘भर्चुअल’ परीक्षा थालेको छ। परीक्षा सम्बन्धी आफ्नै नियमावली, प्राज्ञिक परिषद्को निर्णय-निर्देशन र कार्यक्रम निर्देशिका विपरीत हिजो बुधबारदेखि भर्चुअल परीक्षा लिन थालेको हो।
यसअघि विश्वविद्यालयको प्राज्ञिक परिषदले कोभिड तथा अन्य महामारीमा मात्रै भर्चुअल परीक्षा गर्ने गरी निर्देशिका बनाएको थियो। महामारी नभएको बेलामा पनि भर्चुअल परीक्षा सञ्चालन हुँदा त्यसले परीक्षाको विश्वसनीयता, गुणस्तर र मान्यतामा आँच आउने भन्दै प्राध्यापकहरूले असन्तोष प्रकट गरेका छन्।
‘परीक्षा निर्देशिकाले ६० प्रतिशत पेपर विद्यार्थीले भौतिक उपस्थितिमै दिनुपर्ने प्रष्ट व्यवस्था भएपनी बिश्वबिद्धालयले बुधबारदेखि मानविकी संकायतर्फको स्नात्तक, स्नात्तकोत्तर र एमफिलका परीक्षा सुरू भएका छन्। तीन वटै तहका विद्यार्थीले पहिलो दिनको परीक्षा भर्चुअल माध्यमबाट दिएका छन् । विश्वविद्यालयले यसअघि विज्ञान र व्यवस्थापन संकायको परीक्षा पनि यसरी नै गरेको थियो।
खुला विश्वविद्यालयमा अहिले ३ हजार विद्यार्थी अध्ययनरत छन्।