आइतवार, कार्तिक २० २०७९
कार्तिक,२० काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय द्वारा ३ बर्षे बिए.एल.एल.वी. प्रथम बर्षको परिक्षा आवेदन फारम खुला गरेको छ। बिश्वबिद्धालयले "नयाँ पाठयक्रम अनुसार" प्रथम वर्षको परीक्षा दिने नियमित / आंशिक परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम खुला गरेको हो।
परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा बार्षिक परीक्षा प्रणाली अनुसार २०७७ को २०७९ सालमा संचालन हुने तीन बर्षे स्नातक तह एल.एल.वी. (नयाँ पाठ्यक्रम अनुसार) प्रथम बर्षको परीक्षा दिने नियमित तथा आंसिक परिक्षार्थिहरुले आ- आफ्नो क्याम्पस/कलेजमा परीक्षा आवेदन फारम भर्न सक्ने छन।
बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयको सुचना अनुसार २०७९ माघ १६ गते सम्म नियमित र माघ २३ गते सम्म दोब्बर दस्तुरमा आवेदन फारम भर्न सक्नेछन।

