Oct 08 2026 | २०८३, आश्विन २२ गते

नतिजा प्रकाशित नभएको भन्दै विद्यार्थीहरुद्वारा आन्दोलन।

नतिजा प्रकाशित नभएको भन्दै विद्यार्थीहरुद्वारा आन्दोलन।

  • 400
    SHARES

  • नतिजा प्रकाशित नभएको भन्दै विद्यार्थीहरुद्वारा आन्दोलन।

    कार्तिक, २२ काठमाडौ । धादिङ स्थित निलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरु परिक्षाको नतिजा प्रकाशित नभएको भन्दै आन्दोलित भएका छन। त्रिभुवन बिश्वबिद्धालयले स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशिन गर्न ढिलाइ गरेकोले विद्यार्थीहरुले क्याम्पस हातामा प्लेकार्ड बोकेर सांकेतिक रुपमा आन्दोलन गरेका हुन। बिश्वबिद्धालयले परीक्षा लगेको १६ महिना पुगि सक्दा समेत बिबिएस प्रथम बर्षको परिक्षाको नतिजा प्रकाशित गरेको छैन। यसअघि बिएड प्रथम बर्षको नतिजा भने प्रकाशित भइ सकेको छ।

    आन्दोलनरत विद्यार्थीहरुले हातमा "खै रिजल्ट ? मुसाले खायो ! खै मुसा ? टियु भित्र पस्यो! संख्यामा बिश्वकै एक नम्बर!, गुणस्तरमा बिश्वकै अन्तिम!, शिक्षामा राजनिती गर्न पाइदैन! यस्तो बिश्वबिद्धालय चाहिदैन! बिश्वबिद्धालयमा राजनिती बन्द गर!" लेखिएको प्लेकार्ड सहित प्रदर्सन गरेका थिए।

     

    images
    मंगलवार, कार्तिक २२ २०७९०८:०२:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार