Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक नियुक्ति तथा पदस्थापन सम्बन्धी शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको सूचना ।

शिक्षक नियुक्ति तथा पदस्थापन सम्बन्धी शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको सूचना ।

  • 2.0K
    SHARES

  • शिक्षक नियुक्ति तथा पदस्थापन सम्बन्धी शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको सूचना ।

    कार्तिक, २२ काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले शिक्षक नियुक्ति तथा पदस्थापन सम्बन्धी सुचना जारी गरेको छ। केन्द्रको कार्तिक १५ को निर्णय अनुसार  माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागी सिफारिस भएका उम्मेदवारलाई पदस्थापन सम्बन्धी सुचना जारी गरेको हो।

    शिक्षक सेवा आयोगको च.नं. १६४, मिति २०७९ कार्तिक १५ गतेको सिफारिस पत्रानुसार मावी तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षाको बिज्ञापन अनुसार छनोटमा परेका शिक्षकहरूको विषयगत र प्रदेशगत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण, जिल्लाको विषयगत पद संख्या सहितको विवरण साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्तिक १८ को  मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शन सहितको विवरण सातओटै प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा स्वीकृत आधार तथा मार्गदर्शनमा तोकिए बमोजिम पठाइएको सुचनामा उल्लेख गरिएको छ।

    माध्यमिक तहमा छनोट भएका एक हजार १८४ जनालाई नियुक्तिको लागि सम्बन्धित निकायमा  विवरण पठाइएको समेत केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरीएको छ ।

    Screenshot_20221108-191206_Facebook.jpg

    images
    मंगलवार, कार्तिक २२ २०७९०७:५८:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार