बिहिवार, कार्तिक २४ २०७९
कार्तिक, २४ काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चीन सरकारले २०२३/२४ मा प्रदान गर्ने इन्जिनियरिङ विषयको स्नातक तह र स्नातकोत्तर तह तथा कृषि विषयको स्नातकोत्तर तहको छात्रवृत्तिका लागि दर्खास्त माग गरेको छ । मन्त्रालयले मिति २०७९ कार्तिक २१ को निर्णय अनुसार योग्यता प्राप्त उमेदवार हरुको लागि दर्खास्त माग गरिएको हो।
आवेदन दिन चाहाने विद्यार्थीहरुका लागि साधारण तथा आरक्षित सिटमा कार्तिक २५ गतेदेखि मंसिर १० गतेभित्रमा दरखास्त दिन सक्ने जनाएको छ ।
शिक्षा मन्त्रालयको सुचना अनुसार स्नातक १५ जना र स्नातकोत्तर तर्फ १८ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन।








