आइतवार, कार्तिक २७ २०७९
कार्तिक, २७ काठमाडौ। बझाङमा हिजो राती गएको भुकम्पका कारण बिद्यालय भवन चर्किएको छ। खप्तड छान्ना गाउपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाएर राती ८:१२ बजे गएको ५.४ रेक्टरस्केलको भुकम्पले बिध्यालय भवन चर्किएको हो।
खप्तड छान्ना गाउपालिका वार्ड नम्बर ५ को पिठातोलामा अवस्थित श्री बालबिकाक प्राथमिक बिद्यालयको भित्ताहरु चर्किएको छन। प्रधानाध्यापक धिरेन्द्र बहादुर सिंहका अनुसार बिद्यालयमा रहेका तीन वटै भवनका भित्ताहरु चर्किएका छन् । भवन चर्किदा विद्यार्थीहरु चौरमा बसेर पठनपाठन गर्न बाध्य भएको बताइएको छ। बिद्यालयमा हाल आधारभुत देखि कक्षा ८ सम्म पढाइ संचालन हुँदै आइरहेको छ। बिद्यालयमा करिब ३ सय विद्यार्थी अध्यायन गर्छन् ।
प्रअ सिंहका अनुसार अहिले सम्म कोहि कसैले अनुगमनका लागि नआएको र बिद्यालयले भने सम्बन्धित गाउपालिका शिक्षा शाखा र जिल्ला समन्वय इकाइलाई जानकारिको लागि पत्राचार गर्ने तयारी गरेको बताइएको छ। बिद्यालय भवन चर्किएपछी अभिभावकहरु चिन्तामा रहेका छन्।



