मंगलवार, कार्तिक २९ २०७९
कार्तिक, २९ काठमाडौ । शिक्षक सेवा आयोग बागमती प्रदेशले द्वितीय श्रेणीको बढुवाका लागि आवेदन दिने शिक्षकहरुको योग्यताक्रम अनुसारको नामावली प्रकाशित गरेको छ।
शिक्षक सेवा आयोग, वढुवा सिफारिश समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, हेटौडाको निर्णयानुसार वढुवाको लागि निवेदन पर्न आएका उम्मेद्वारहरुमध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ वमोजिम सबैभन्दा वढी अङ्क प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका नामावली प्रकाशित गरेको हो।
आयोगले देहायका उम्मेद्वारहरुको वढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको जनाएको छ ।
वढुवा सिफारिश समितिले गरेको वढुवा उपर चित्त नवुझेमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र स्वय उपस्थित भई यस निर्देशनालयमा उजुरी दिने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ ।















