शुक्रवार, मंसिर २ २०७९
मंसिर, २ काठमाडौ । संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालयले बालमैत्री स्थानीय शासन प्रशिक्षक प्रशिक्षणको लागि अभिरुचि फाराम भर्ने सूचना प्रकाशित गरेको छ।
समृद्ध नेपाल खुसी नेपाली नेपालिको राष्ट्रिय अभियानलाई सफल बनाउन बाल अधिकार सुनिश्चित हुनेगरि स्थानिय तहको नीति, योजना, कार्यक्रम, कार्यप्रकृया र संचालनमा बालबालिकाको सवललाइ मुल प्रवाहमा लैजाने कार्यमा सहयोग हुने गरि दक्ष जनशक्ति तयार हुनेगरी संचालन गरिएको प्रशिक्षण कार्यक्रमको लागि फारम भर्न सूचना जारी गरिएको हो।
मन्त्रालयले एक सूचना जारी गर्दै २०७८ भित्र सबै स्थानिय तहलाइ बालमैत्री स्थानीय तह बनाउने लक्ष सहित बालमैत्री स्थानिय शासन कार्यन्वयन निर्देशिका कार्यन्वयनमा आएको जनाइएको छ।
सूचना अनुसार प्रशिक्षण कार्यक्रममा सहभागी छनोट गर्ने कार्य भइरहेकोले इच्छुक ब्यक्तिहरुले अभिरुचि अनलाइन फारम भर्म सक्नेछन। फारम भर्न http://bit.ly/cflgtot मा मिति २०७९ मंसिर १५ गते भित्र भर्न सकिने छ।
