सोमवार, मंसिर १२ २०७९
मंसिर, १२ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) द्वारा विभिन्न सीप परिक्षणको आवेदन आह्वान सम्बन्धी सूचना जारी गरेको छ।
सिटिइभिटी राष्ट्रिय सीप परिक्षण समिती (NSTB) बाट स्वीकृत राष्ट्रिय ब्यबसायगत सीप प्रमाणिका अनुरुप व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोश्रो (EVENT-II) को सहयोगमा सहुलियत शुल्कमा संचालन हुने पुर्व सिकाइको सीप परिक्षणको लागि आवेदन आह्वान गरेको हो।
पुर्व सिकाइको सीप परिक्षणमा सम्मीलित हुन चाहने १६ बर्ष उमेर पुगेका तथा वैदेशिक रोजगार बाट फर्केका नेपाली नागरिकहरुबाट आफुलाइ पायक पर्ने सीप परिक्षण केन्द्रमा गइ आवेदन फारम भर्न सक्नेछन।
आवेदन फारम सिटिइभिटी राष्ट्रिय सीप परिक्षण समिती तथा इभेन्ट परियोजनाको वेबसाईट www.ctevt.org.np, www.nstb.org.np तथा www.event.gov.np मा गएर डाउनलोड गरि तोकिएको केन्द्रमा मिति २०७९ पुस १२ गते भित्र बुझाउनु पर्ने छ।





