बिहिवार, मंसिर १५ २०७९
मंसिर, १५ काठमाडौ । शिक्षक सेवा आयोगले निमावि तृतीय श्रेणी शिक्षक पदको नेपाली र संस्कृत विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले बागमती, गण्डकी र मधेस प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा नतिजा सार्वजनिक गरेको हो ।
आयोगले २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।













