आइतवार, मंसिर १८ २०७९
मंसिर, १७ काठमाडौ । काठमाडौ महानगर वडा १४ कुलेश्वरमा अवस्थित कुलेश्वर आवास माध्यामिक बिद्यालयले (कसिस) ३२ औं अभिभावक दिवस तथा बार्षिक उत्सब कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित उक्त बिद्यालयले आफ्नो ३२ औं अभिभावक दिवस तथा बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रम उक्त बिद्यालयका शिक्षक गोपाल दुलालले संचालन गर्नुभयो भने बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नन्दुलाल पौडेल कार्यक्रमको सभापती रहनुभयो।कार्यक्रममामा प्रमुख अतिथिको रुपमा साहित्यकार नरेन्द्रराज प्रसाईं रहनु भएको थियो, भने काठमाडौ महानगरका शिक्षा बिभाग प्रमुख राम प्रसाद सुवेदी , बुढानिलकण्ठ माध्यामिक बिद्यालयका प्र.अ. होमनाथ आचार्य, संस्थापक सदस्य भेषनारायण दाहाल लगाएत विभिन्न शिक्षाविद्हरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथिले आजको युगका विद्यार्थीहरु प्रेणणाको श्रोत बन्नुपर्ने धारणा राख्नुभयो। उहँले अब्राहम लिंकनको उदाहरण दिदै हरेक विद्यार्थी मिहिनेत गरे निम्न आय आर्जन भएका विद्यार्थीहरुले समेत देशमा आफ्नो नाम चम्काउन सक्ने धारणा ब्यक्त गर्नुभयो।
त्यसगरी कार्यक्रममा बिशेष अतिथिको रुपमा रहनुभएका काठमाडौ महानगरका शिक्षा बिभाग प्रमुख रामप्रसाद सुवेदीले सार्वजनिक शैक्षिक गुठी अन्तर्गत रहेको कुलेश्वर आवास माधामिक बिद्यालयलाई काठमाडौ महानगरको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बुढानिलकण्ठ माध्यामिक बिद्यालयका प्र.अ. होमनाथ आचार्यले एक आपसमा शैक्षिक साझेदारी र भातृत्व कायमगर्ने तथा विद्यार्थीहरु बिच घुलमिल गर्दै अतिरिक्त क्रियाकलाप र पठनपाठन मा सहकार्य गर्ने बताउनु भयो। मन्तव्यकै क्रममा प्र.अ.सुवेदीले कम्प्युटर ल्याबको लागी बुढानिलकण्ठ माध्यामिक बिध्यालयले ३४ वटा कम्प्युटर सहयोग गर्ने घोषणा समेत गर्नुभयो।
३२ औं अभिभावक दिवस तथा बार्षिक उत्सव कार्यक्रमामा कुलेश्वर आवास माध्यमिक बिद्यालयका प्राचार्य मेगराज दुलालले बिद्यालय स्थापना कालदेखि सहयोग गर्ने ब्यक्तिहरुलाइ धन्यवाद ज्ञपन गर्नुभयो। उहाँले बिद्यालयले शैक्षिक गुणस्तर सुधार हुँदै गएको र अझै धेरै मिहेनत गरि २१ औं सताब्दी सुहाउदो अनुसन्धान मुलक शिक्षामा जोड दिने बताउनु भयो। बिद्यालयको शैक्षिक तथा भौतिक उन्नतिकालागि अभिभावकहरुको भुमिका महत्त्वपूर्ण हुने भन्दै आफ्नो बालबालिकाहरुले पढे नपढेको र उसको प्रगती बारे बिद्यालय प्रशासनमा आएर रचनात्मक सुझाव दिन अनुरोध गर्नु भयो।
आफ्नो बच्चाले स्कुलमा के गरिरहेको छ? पढेको छ कि छैन भन्ने निरन्तर जिज्ञासा् राख्न अभिभावकलाई सुझाव दिदै राम्रो कुरा प्रचार गर्नु तर नराम्रो कुरा संस्थामै आएर झक्झक्याउन अनुरोध गर्नुभयो। त्यसैगरी आफ्नो बच्चाले नपढेको, कमजोर भएको र पढ्ने बानी नभएको भन्दै कुटेर, पिटेर दण्डित गर्न नहुने धारणा राख्नु राख्दै बरु सम्झाएर माया गरेर फकाउनु पर्ने मा जोड दिनु भयो।
प्र.अ. दुलालले हाल बिद्यालयमा ४५ जना शिक्षक, ५ जना कर्माचारी र अन्य ३० जना कुल १०० जना कर्मचारी रहेको जानकारी गराउनु भयो। त्यसैगरी उहाँले हरेक बर्ष आर्थिक विवरण पेश गर्ने गरेको भन्दै यस बर्ष आर्थिक विवरण नोटिस बोर्डमा टाँस्ने र पारदर्शी बनाउने बताउनुभयो।
कार्यक्रममामा नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करेलाई मायाको चिनो प्रदान गरिएको थियो भने संस्थापक अध्यक्ष केशव राज बैद्ध र स्थापनाकाल देखि सहयोग गर्ने संस्थापक सदस्य बिश्वलाल श्रेष्ठलाई सम्मान पत्र दिएको थियो।
उक्त कार्यक्रमामा बिध्यालयले विभिन्न बिधामा उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थी तथा अभिभावक छान्दै मायाको चिनो प्रदान गरिएको थियो। त्यसै क्रममा उत्कृष्ट शिक्षक - सरिस्मा सुनुवार, उत्कृष्ट कर्मचारी - (२१ जना कर्मचारीहरुमध्य) श्री मुना कुमारी दाहाल घोषणा गर्दै सम्मन गरिएको थियो भने उत्कृष्ट अभिभावक ४ जनाला मायको चिनो प्रदान गरिएको थियो। त्यस्तै ४ जना विद्यार्थी र सफा सुग्घरमा ४ जना कृजल तामाङ, आयुसा मोक्तान, आयुसा राइ, कृतिका थापा (तह अनुसार) लाई उत्कृष्ट विद्यार्थीहरु पुरस्कार बितरण गरिएको थियो।
उक्त कार्यकममा बिध्यालयलाइ सहयोग गर्ने हरिहर बास्कोटाले आफ्नो छोरिको नाममा १ लाख ५० हजार बराबर अक्षय कोष स्थापना गरेको थियो भने, बिद्यालयलाई सहयोग गर्ने अर्को ब्यक्ति छत्र बहादुर बज्राचार्यले रु १ लाखको अक्षय कोष स्थापना गर्दै चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभापति नन्दुलाल पौडेलले आफ्नो मन्तव्य राख्दै बिद्यालय शिक्षक कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। सरकारी स्केल सरहको तलब खान पाउनु भएको छैन।, कोभिड कालमामा तलब खुवान सकिएन। हाम्रा छोराछोरीरुलाइ कुर्वानी गरेर मिहिनेत गर्नुभएको छ। , भन्दै सभापती पौडेलले शिक्षक कर्मचारीहरुको खुलेर प्रशंसा गर्नुभयो। त्यसैगरी उहाँले अभिभावक बिना बिद्यालयहरु नरहने प्रसंगमा अभिभावकहरुले बिद्यालयलाई बिस्वास गर्नुभएको र बिद्यालयले पनि बिस्वासको कुठाराघात नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। उहाँले उपस्थित अभिभावकहरुलाइ आफ्नो छोराछोरिको प्रतिभा हेरेर जानुस् भन्दै यदि छोराछोरीको कमजोरी देखिए बिद्यालयलाई भन्न सुझाव दिनुभयो। उहाँले संस्थाभित्र कमजोरीहरुलाइ औल्याउनु पर्ने र बाहिर सकारात्मक पक्षलाई प्रचार गर्नुपर्मेमा जोड दिनुभयो।
औपचारिक कार्यक्रम पश्चात् सुरुभएको साङ्गितिक तथा मनोरञ्जनात्मक कार्यक्रममा नर्सरी देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुले पुर्व मेची देखि महाकली सम्मका सस्कृती एवम् चाडपर्व सम्बन्धि गित तथा नृत्य प्रस्तुत गरेका थिए। साथै शिक्षकहरुको तर्फबाट नृत्य र +२ संयोजक प्रकाश भण्डारीको लेखन तथा निर्देशनमा प्रस्तुत समसामयिक बिदेश जाने बिद्यार्थी र उनिहरुले त्यहाँ भोगेको दुख समेटिएको नाटकले सम्पुर्ण उपस्थित महानुभावहरु स्तब्ध भएका थिए ।
त्यसैगरी ३२ औं अभिभावक दिवस तथा बार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले आफ्नो चित्रकला प्रदर्शनी समेत गरेका थिए
कुलेश्वोर आवास माध्यामिक बिद्यालय नेपाल सरकारको छात्रवृत्ति कार्यक्रममा जोडिएको र झन्डै १ तिहाइ विद्यार्थीहरुलाइ छात्रवृत्तिमा अध्यायन गर्छन। हाल बिद्यालयमा ९ सय बढी विद्यार्थीहरु अध्यायनरत छन। र त्यसमध्ये २०० विद्यार्थी होस्टेलमा बस्ने गरेका छन।






