आइतवार, मंसिर १८ २०७९
मंसिर, १८ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सामाजिक विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा नतिजा सार्वजनिक गरेको हो ।
आयोगले २०७८ चैत्र १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।










