मंगलवार, पौष ५ २०७९
मंसिर, ५ काठमाडौ । त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको चौथो राष्ट्रिय सम्मेलन यहि पौष २१ गते हुने भएको छ। एसोशिएसनका अनुसार सम्मेलन बिश्वबिद्धालय केन्द्रिय कार्यलय स्मृति भवनमा पौष २१ गते बिहान ११ बजे हुने जनाइएको छ।
यस सम्मेलन प्रयोजनको लागि भोलि एक दिन अर्थात पौष ६ गते आजीवन सदस्यताको बुक क्लोज गरिनेछ सुचनामा उल्लेख गरिएको छ। त्यसैले आजसम्म आजीवन सदस्य हुनुहुने महानुभावहरुले सम्मेलनमा सहभागिताको अवसर पाउनु हुने बताइएको छ।
