Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको पाँचौ साप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु ।

काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको पाँचौ साप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु ।

  • 726
    SHARES

  • काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको पाँचौ साप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु ।

    पौष, १५ काठमाडौ । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (KCCS) को बार्षिक रुपमा गर्दै आएको पाँचौ साप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु भएको छ। काठमाडौ महानगर वडा नं.१३ सोल्टिमोडमा रहेको KCCS कलेजले हरेक बर्ष सप्ताहव्यापी रुपमा संचालन गर्दै आएको खेलकुद कार्यक्रम अन्तर्गत '5th KCC Sport Meet 2079' भब्य रुपमा संचालन भएको हो।FB_IMG_1672410138483.jpg

    उक्त खेलकुद कार्यक्रम अन्तर्राष्ट्रिय म्याराथन धावक बैकुण्ठ मानन्धरको प्रमुख अतिथ्यतामा उद्घाटन गरेको थियो। सप्ताहव्यापी खेलकुदको औपचारिक कार्यक्रमको सभापति यसै कलेजका शैक्षिक निर्देशक टंक गैरे हुनुभएको थियोे भने बिशेष अतिथि अन्तर्राष्ट्रिय धावक राधा श्रेष्ठ, पुष्पलाल श्रेष्ठ लगाएत बैकुण्ठ मानन्धर खेलकुद नेपालका टिम र स्कुल कलेजका शिक्षक कर्मचारीहरुको बिशेष उपस्थितीमा कलेजका स्पोर्ट शिक्षक रोहित दियालीले कार्यक्रम संचालन गर्नुभएको हो।20221230_103440.jpg

    हरेक बर्ष संचालन हुँदै आएको खेलकुद पौष १५ देखि २१ गते सम्म संचालन हुनेछ, जसमा म्याराथन दौड, भलिबल, ब्याडमिन्टन, १००,२०० मिटर दौड, Tug of War, बास्केटबल, टेबलटेनिस, फूटबल, क्रीकेट, कवड्डि, नृत्य र गायन प्रतियोगिता संचालन हुनेछन। खेल काठमाडौका विभिन्न खेल मैदानहरुमा खेलाइने भएको छ।

    खेलकुद कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कलेजका शैक्षिक निर्देशक टंक गैरेले पढाइको अतिरिक्त मानसिक, शारिरिक र संबेगात्मक रुपमा विद्यार्थीहरुलाई तन्दुरुस्त राख्न कलेजले बिगत देखि नै विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेको बताउनु भयो।FB_IMG_1672381989505.jpg

    त्यसैगरी प्रमुख अतिथि बैकुण्ठ मानन्धरले खेल जीवन सबैभन्दा महत्वपुर्ण रहेको भन्दै खेलकुदलाई व्यावसायिक रुपमा खेलाउनु पर्ने, शैक्षिक क्यालेण्डरमा राखिनु पर्ने बताउनुभयो।20221230_090019.jpg

    बिहान ७ बजे झन्डै २५० जना विद्यार्थीहरु सेमिम्याराथनमा भाग लिदै खेलकुद कार्यक्रमको उद्घाटन भएको हो। सेमिम्याराथनमा भाग लिएका मध्यबाट १० जना महिला र १० जना पुरुष धावकलाई मेडल प्रमाणपत्र र पहिलो, द्वितीय र तृतीय स्थान हाँसिल गर्नेलाई मेडल प्रमाणपत्र सहित क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार बितरण गरिएको थियो।FB_IMG_1672382001776.jpg

    सेमिम्याराथन अन्तर्गत महिलातर्फ प्रथम अस्मिता तामाङं, द्वितीय पबित्रा गिरि र तृतीय स्थान अमृता दाहालले हाँसिल गरिन भने पुरुषतर्फ प्रथम लक्षण तामाङ, द्वितीय सुवास धामी र तृतीय स्थान किशोर धामीले हाँसिल गरे।FB_IMG_1672381975169.jpgFB_IMG_1672381965761.jpg

    पढाइको साथसाथै खेलकुद लगाएत अतिरिक्त क्रियाकलापहरुमा बिशेष जोड दिँदै आएको काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले यसअघि INDO-NEPAL INTERNATIONAL FUTSAL CUP - 2022 मा पहिलो स्थान हाँसिल गरेको थियो।

    20221230_094736.jpg

    images
    शुक्रवार, पौष १५ २०७९०८:२३:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार