सोमवार, पौष १८ २०७९
पौष, १८ काठमाडौ । चिकित्सा शिक्षा आयोग परीक्षा निर्देशनालयले चिकित्सा शिक्षा स्नातक तह (Bachelor Level in Health Professional Education) का शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्नेसम्बन्धी सूचना जारी गरेको छ।
निर्देशनालयले यसै शैक्षिकसत्रका लागी सम्पुर्ण बिश्वबिद्धालय प्रतिष्ठान र अन्तर्गतका शिक्षण संथाहरुमा संचालन हुने चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुको लागि आवेदन फारम खुला गरेको हो।
सुचना अनुसार MBBS, BDS, B.Sc. Nursing, BASLP, B.Perfusion Technology, BAMS, BNS,BSc. MLT, BSc.MIT, B.Pharm, B.Optometry, BPT र BPH मा भर्ना गर्नकोलागि प्रवेश परिक्षाको अनलाइन आवेदन फारम खुलेको जनाइएको छ।
प्रवेश परिक्षाको आवेदन फारम भर्नको लागि आयोगको वेबसाइट www.mec.gov.np वा वेबपोर्टल https://entrance.mec.gov.np मार्फत आगामी पौष २४ गते आइतवार बिहान १० बजे देखि २०७९ माग २४ गते अपरान्ह ५ बजे सम्म प्रक्रिया पुरागरी पेश गर्न सक्नेछन।











