मंगलवार, पौष १९ २०७९
पौष, १९ काठमाडौ । गुल्मी जिल्लाको ठूलो क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेको छ । आर्थिक संकटमा परेको भन्दै नगरपालिकाले सहयोग गरेको हो।
रेसुङ्गा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रम नगर प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।
क्याम्पसका संचालक समितिका अध्यक्ष भलामिलाइ चेक हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले गुल्मी जिल्लाको शैक्षिक धरोहरका रुपमा रहेको यस क्याम्पस धेरै विद्यार्थीको भविष्यसँग जोडिएको ले नगरले सहयोग गरेको बताए। यसअघि क्याम्पस संचालक समितिले यस क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको समयमा नगरपालिकाले एक करोड दिने घोषणा गरेको थियो ।
चेक हस्तान्तरण गर्दै नगर प्रमुख पन्थीले क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय अनुसार क्याम्पसलाई सहयोग गरिएको वताए । त्यसैगरी क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिकाका प्रमुख पन्थीको भनाइ छ ।
तेस्तै यसअघि घोषणा गरे अनुरुप नगरपालिकाले बाँकी रहेको ५० लाख सहयोग छिटै दिने नगरप्रमुख पन्थीले वताए । हाल क्याम्पसमा ८०० बढी विद्यार्थी अध्यायन गरिरहेको छन।