बिहिवार, पौष २१ २०७९
पौष, २१ काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले विद्यार्थी भर्नाकालागि आवेदन आह्वान गरेको छ। बिश्वबिद्धालयले पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायमा नयाँ विद्यार्थी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।
शैक्षिकसत्र २०७९ / ८० को लागी रामपुर चितवनमा संचालन हुने B.V.Sc. & A.H र B.Sc. Fisheries बिषयमा अध्यायन गर्न चाहने योग्य व्यक्तिहरुले माघ २२ गतेसम्म अनलाइन आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ ।



