शुक्रवार, पौष २२ २०७९
पौष, २२ काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेज (EIC) ले हरेक बर्ष संचालन गर्दै आएको खेलकुद कार्यक्रम - २०७९ शुरु गरेको छ। कलेजले संचालन गर्दै आएको Anual Sport Meet - 2079 कार्यक्रम आज देखि बाफल स्थित मेट्स फुटसल मैदानमा शुरु गरेको हो।
पौष २६ गते सम्म संचालन हुने खेलकुद कार्यक्रममा विभिन्न ६ वटा खेलहरु खेलाइने इसिए कार्यक्रम प्रमुख तथा स्पोर्ट्स मिट २०८९ का संयोजक किशोर काफ्लेले बताउनुभयो। खेलकुद कार्यक्रम शुरु हुनु पुर्व फुटसल मैदानमा एक औपचारिक कार्यक्रम गर्दै खेलाडीहरुलाई खेल सम्बन्धी बिस्तृत जानकारी गाराइएको थियो।
औपचारिक कार्यक्रम कलेजका प्रशासन प्रमुख रामप्रसाद पौडेलले संचालन गर्नुभयो साथै कलेजका अध्यक्ष शंकर प्रसाद दुलाल प्रमुख अतिथिको रुपमा रहनुभयो। त्यसैगरि बिशेष अतिथी कलेजको CEO हरिप्रसाद काफ्ले, क्याम्पस चिफ दिपक कुमार झा लगाएत विभिन्न फ्याकल्टी को-अर्डिनेटर , शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममामा CEO हरिप्रसाद काफ्लेले विद्यार्थीहरुलाई खेलकुदको बारे शुभकामना मन्तव्य दिनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासमा महत्वपुर्ण योगदान पुर्याउने भएकोले बिगत १७ बर्ष देखि हरेक बर्ष स्पोर्ट मिट कार्यक्रमहरु गर्दै आएको बताउनुभयो।
Anuan Sports Meet 2079 मा फुटसल, क्रीकेट, भलिबल, बेडमेन्टिन, टेबलटेनिस, चेस, जस्ता खेलहरु खेलाइने छन। आज भएको फुटसलमा ४२ वटा टिम सहभागी भएको छ भने क्रीकेटमा ११ टिम, भलिबल १० टिम, बास्केटबल ३० टिम र अन्य खेलहरुमा समेत विद्यार्थीहरुको उत्साहपुर्ण उपस्थिति रहेको थियो।
खेलकुदमा स्कुल र कलेजका गरि झन्डै ५०० विद्यार्थीहरु सहभागी भएको बताइएको छ। त्यस्तै खेलकुद कार्यक्रम पौष २६ गते समापन हुनेछ। यद्यपि पुरस्कार बितरण भने माघ ७ गते सोल्टिमोड स्थित एभरेस्ट इनोभेटिभ कलेजमा भब्य कार्यक्रमको बीच रहने बताइएको छ।

