मंगलवार, पौष २६ २०७९
पौष, २६ काठमाडौ । शिक्षक सेवा आयोगले बढुवा नतिजा पुनरावलोकन गरेको छ। आयोगको बढुवा सिफारिस समितिको सचिवालय लुम्बिनी प्रदेशले २०७९ कार्तिक २८ गते प्रकाशित नतिजा चित्त नबुझी पर्न गएका उजुरिका आधारमा नतिजा पुनरावलोकन गरेको हो।
सुचनामा भनिएको छ, '२०७९ कार्तिक २८ गते ७५ प्रतीशत कार्य सम्पादन मुल्यांकनका आधारमा हुने बढुवाको सिफारिस नामावली प्रकाशित गरिएकामा उक्त नामावली उपर चित्त नबुझु उजुरी पर्न आएको उजुरिका सम्बन्धमा पुर्व प्रकाशित बढुवा नतिजाको पुनरावलोकन गर्दा यश आयोगको विभिन्न मितिमा निर्णय भए अनुसार बिभिन्न जिल्ला, तह श्रेणी र बिज्ञापनहरुको नतिजा प्रकाशित गरिएको छ। '
