Oct 08 2026 | २०८३, आश्विन २२ गते

शिक्षा मन्त्री शिशिर खनालको पदभार ग्रहण, शिक्षा ऐन पहिलो प्राथमिकता।

शिक्षा मन्त्री शिशिर खनालको पदभार ग्रहण, शिक्षा ऐन पहिलो प्राथमिकता।

  • 1.9K
    SHARES

  • शिक्षा मन्त्री शिशिर खनालको पदभार ग्रहण, शिक्षा ऐन पहिलो प्राथमिकता।

    पौष, ३ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल नियुक्त भएका छन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भई आजै पद तथा गोपनीयताको शपथ लिएका छन।

    मन्त्री खनालले पदभार ग्रहण गर्दै शिक्षा ऐन पहिलो प्राथमिकता रहेको बताएका छन। पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री खनालले शिक्षा ऐन अध्ययन गरेर पुनावलोकन गरी अगाडि बढाउने बताएका छन् । मन्त्री खनालले विद्यार्थीको हातमा वैशाखमै पाठ्यपुस्तक पुर्याउन कटिबद्ध भएर लाग्ने जनाएका छन् ।

    पदभार ग्रहण पछि मन्त्री खनाले कर्मचारीलाई निर्देशन दिँदै भने, ‘सार्वजनिक शिक्षाको रुपान्तरुणका लागि मिलेर काम गर्नुपर्छ, नीतिगन बाध्यताका विषयमा छलफलगरी कुनै हस्क्षेपमुक्त भएर काम गर्नुपर्छ ।’ खनालले भने भने ‘विद्यार्थीको हातमा वैशाखमै पाठ्यपुस्तक पुर्याउन हामी कटिबद्ध भएर लाग्छौं ।’ त्यसैगरी त्रिभुवन विश्वविद्यालयको नतिजा प्रकाशनमा भएको ढिलाइ प्रति संज्ञा गर्दै उनले भने, ‘ परीक्षाको नतिजा समयमा नै प्रकाशन गर्न नसक्दा भएको क्षतिको जवाफदेही हामी बन्नु पर्छ, समयमा नै नतिजा प्रकाशन गर्नेगरी काम गर्नुपर्छ ।’  

    त्यसैगरी नवनियुक्त मन्त्री खनालले सरकारको नीतिगत प्राथमिकतामा उल्लेख गरिएका प्रतिवद्धतामा हस्ताक्षर सहित पहिलो निर्णय गर्दै पदभार ग्रहण गरेका छन।

    टिच फर नेपाल’ नामक संस्थाक रहेका खनालले २०७४ सालको निर्वाचनपछि तुलसीपुर उपमहानगरपालिकामा शिक्षा सल्लाहकार भएर काम गरेका थिए । टिच फर नेपाल’को सीईओको जागिर छाडेर बिना पारिश्रमिक उपमहानगरको शिक्षा सल्लाहकार भएर काम गरेका थिए ।FB_IMG_1673963158160.jpg

    को हुन शिक्षा मन्त्री शिशिर खनाल ?

    तिनहुँको चुँदीमा जन्मिएका हुन्, खनाल । उनले सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी पास गरेका हुन् । उनको विद्यालय शिक्षा गोरखा, चितवन, नवलपुर, सर्लाही मुस्ताङ लगायतका जिल्लामा भएका हो ।

    खनालले त्रिचन्द्र कलेजबाट आईएस्सी गरे  गरेका हुन् भने उनले  स्नातक र स्नातकोत्तर अमेरिकाबाट पूरा गरेका छन् ।  अमेरिकास्थित कनेक्टिकट् राज्यस्थित युनिभर्सिटि अफ बिज्रपोर्टबाट पोलिटिकल इकोनोमीमा स्नातक गरेका हुन भने युनिभर्सिटी अफ विन्सकन्सन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

    पालिकाको शिक्षा सल्लाकारदेखि मन्त्री सम्मको यात्रा कसरी 

    खनालको समूहले सन् २०१२ मा टिच फर नेपालको  स्थापन गरे । उनी सह–संस्थापक भएर  शिक्षक उत्पादनमा लागि रहेका थिए । नेपालका ७ जिल्लामा टिच फर नेपाल शिक्षकलाई पेसागत क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुका साथै विभिन्न जिल्लामा स्वयंसेवक शिक्षक खटाउँदै आएको छ । 

    शिक्षक उत्पादन तथा सिकाइ परिवर्तनको नारा लिएर उनी नेपालका विभिन्न ४०–५० जिल्ला पुगिसकेका छन् । यस अघि उनी तुल्सीपुर उप महानगरपालिकाकाको शिक्षा सल्लाहकारका रुपमा नियुक्त  तीन वर्ष सम्म काम गरिसकेका छन् ।

     खनालले कतार लगायत ३०, ३५ देशको  शिक्षा प्रणालीको बारेमा आफूले बुझेको विभिन्न औपचारिक कार्यक्रममा  बताउँदै आएका छन् ।  अहिले उनी कार्गो कम्पनी पिक एण्ड ड्रपका सञ्चालक पनि हुन् ।

    घोकन्ते विद्या होईन, सिपमुलक, विश्व परिवेशमा प्रतिष्पर्धा गर्न सकिने खालको शिक्षा प्रणाली  हनुपर्ने चुनाबी नारार लिएर बिजयी खनाल शिक्षा मन्त्री त भएका छन् । तर उनको सामु चुनौती भने कम छैनन् ।  बिडम्बना अहिले पनि शिक्षा ऐन २०२८ कै छ । नयाँ शिक्षा ऐन आएकै छैन । शिक्षा क्षेत्रमै लामो समय काम गरेका खनालले के गर्छन् हेर्न भने बाँकी नै छ । FB_IMG_1673961415354.jpg

    सम्भवतः नेपालले इतिहासमै पहिलो यस्तो शिक्षामन्त्री पाएको छ जसले शिक्षा क्षेत्रमा सानै पहलबाट सुधार्नको लागि ठुलो काम गरेको छ विगतमा र अहिले बनेका मन्त्रीहरु मध्य सबैभन्दा अपेक्षा पनि उहाँबाटै छ।

    टिच फर नेपाल मात्रै यस्तो एउटा संस्था हो जसले विद्यालय तहको शिक्षा सुधारमा सानै किन नहोस् प्रभावकारी काम गरेको छ त्यो पनि ग्रामीण र बिकट नेपालका केही जिल्लाका विद्यालयमा , यो काम भन्दा पर रहेर हेर्दा पनि शिशिर खनाल दाइ त्यस्ता उदाहरण लाग्छ जसलाई रणनीतिक र दीर्घकालीन शिक्षा सुधारमा कसरी काम गर्ने प्रस्तत भिजन छ ।

    अमेरिकाबाट पब्लिक पोलिसिमा स्नातकोत्तर सकेपछि नेपाल फर्किएर टिच फर नेपालको स्थापना गरेरै शिक्षा सुधारमा काम गरिरहेको व्यक्ती नै शिक्षामन्त्री बन्नु सबैभन्दा खुसीको कुरा हो ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार