बिहिवार, माघ ५ २०७९
माघ ५ गते, काठमाडौ । विश्वविद्यालय विधेयक, २०७९ राष्ट्रियसभाको बैठकमा पेस भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयक राष्ट्रिय सभासमक्ष पेस गर्नुभएको हो ।
मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरुरी भएको बताउनुभयो । उहाँले मुुुलुको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पार्नुभयो ।