Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा आयोगमा तालाबन्दी । (बिज्ञप्ति सहित)

चिकित्सा शिक्षा आयोगमा तालाबन्दी । (बिज्ञप्ति सहित)

  • 1.3K
    SHARES

  • चिकित्सा शिक्षा आयोगमा तालाबन्दी । (बिज्ञप्ति सहित)

    माघ, ६ काठमाडौ । विभिन्न मागहरु राख्दै चिकित्सा शिक्षा आयोगमा तालाबन्दी गरेको छ। बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले ५ बुदे माग सहित चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको हो।

    संगठनको तर्फबाट चिकित्सा आयोगमा मिति २०७९ पौष २५ गतेका दिन एकहप्ते अल्टिमेटम सहित ०५ बुदे मागपत्र बुझाईएको र उक्त मागहरूको सम्बन्धमा चिकित्सा आयोगले अहिलेसम्म कुनैपनि चासो नदेखाई वेवास्ता गरेकोले संगठन द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

    नेपालको चिकित्सा शिक्षामा भएका विकृति-विसङ्गतिका विरुद्धमा र यसको सुधारका लागि लामो समय यता संघर्ष गर्दै आएको र संगठनले राखेको माग पुरा नभए यसभन्दा कडा कार्यक्रम ल्याउने संगठनका उपाध्यक्ष बिरेन्द्र शाहले बताए।

    उनले भने, चिकित्सा शिक्षा आयोगले लिई रहेको एकीकृत प्रवेश परिक्षा अन्य क्षेत्रको शैक्षिक कार्यक्रमहरुको तुलनामा धेरै ढिला भईरहेको छ । प्रवेश परिक्षा लिईसके पश्चात नतिजा प्रकाशन गर्न समेत लामो समय लगाउने हुँदा विद्यार्थीहरुको शैक्षिकवर्ष गुमिरहेको छ । त्यो सङ्गै विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पर्नुका साथै विद्यार्थीहरुअध्ययनको लागि अन्यत्र पलायन हुनु पर्ने बाध्यात्मक अवस्था छ। त्यसैगरी झन्झटिलो र लामो समयावधि गुजार्नु पर्ने प्रवेश परिक्षाका कारण स्वास्थ्य शिक्षाका विभिन्न कार्यक्रममा आवश्यक विद्यार्थी अपुग भएको तथ्य हामि सामु छर्लङ्ग छ । यस अवस्थामा चिकित्सा शिक्षा आयोगसङ्ग जोडिएका यस्ता विभिन्न समस्याहरु  समाधानका लागि राखिएका मागहरु सम्बोधन गर्नु सट्टा वेवस्ता गरिएको हुँदा हाम्रो संगठनको तर्फबाट चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको कार्यक्षेत्रमा अनिश्चितकालीन तालाबन्दी गरिएको कुरा यसै  प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौ ।

    विद्यार्थी आन्दोलनका जायज मागहरु सम्बोधन गर्नुको साटो अझै वेवास्ता गरिए थप कडा संघर्षमा उत्रिने उपाध्यक्ष शाहाले बताए।

    FB_IMG_1674209362880.jpgFB_IMG_1674209367533.jpg

    images
    शुक्रवार, माघ ६ २०७९०४:५८:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार