Oct 02 2026 | २०८३, आश्विन १६ गते

पाठ्यपुस्तक छपाई तथा वितरणका लागि प्रस्ताव माग (सूचना सहित)

पाठ्यपुस्तक छपाई तथा वितरणका लागि प्रस्ताव माग (सूचना सहित)

  • 721
    SHARES

  • पाठ्यपुस्तक छपाई तथा वितरणका लागि प्रस्ताव माग (सूचना सहित)

    माघ, ७ काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरणहरुलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ । केन्द्रले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य सामाग्री बिक्री वितरण गर्नका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

    पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस २९ को निर्णय अनुसार सूचीकरणका लागि प्रस्ताव पेस गर्न भनिएको जनाएको छ ।

    केन्द्रले शैक्षिक सत्र २०८० का लागि देश भरका कक्षा १ देखि ५ सम्मका चार रङ्का पाठ्यपुस्तक र अन्य सामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकबाट छपाई गरी विक्री वितरण गर्ने प्रायोजनका लागि शैक्षिक सत्र २०७९ का लागि अनुमति पाएका संस्थाहरुलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव पेस गर्न सूचनामा उल्लेख गरेको छ ।

    सूचीकृत हुन इच्छुक संस्थाहरुले आफ्नो प्रोफाइत सहित केन्द्रबाट तोकिएको ढाँचामा १५ दिनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।

    यस्तो छ सूचना । Screenshot_20230121-081840_Facebook.jpg

    images
    शनिवार, माघ ७ २०७९०९:२८:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार