Oct 08 2026 | २०८३, आश्विन २२ गते

तिलगंगा आँखा अस्पताल विश्वविद्यालयमा रुपमा बिकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।

तिलगंगा आँखा अस्पताल विश्वविद्यालयमा रुपमा बिकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।

  • 566
    SHARES

  • तिलगंगा आँखा अस्पताल विश्वविद्यालयमा रुपमा बिकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।

    काठमाडौं : प्रधानमन्त्री प्रचण्डले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तिलगंगा आँखा केन्द्रका निर्देशक डा सन्दुक रुइत र प्रधानमन्त्री को भेटघाटका क्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

     डाक्टर रुइतले प्रधानमन्त्री दाहालसँग भेट गर्ने क्रममा तिलगंगा आँखा अस्पताल लाई बिश्वबिद्धालय को रुपमा बिकास गर्नुपर्ने धारणा राखेपछी प्रधानमन्त्री प्रचण्डले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका जनाइएको छ। 'तिलगंगा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्न अत्यन्तै सकारात्मक छु र यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ' प्रधानमन्त्री प्रचण्ड ले भने।

    भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।  उहाले मानवीय सेवाका लागि डा रुइतले हालै मात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उच्चो राखेको बताए। 

    'यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ', उनले भने, 'मानवीय सेवाका लागि तपाईँको योगदानको कदर देशकै कदर हो।' 

    भेटका अवसरमा डा रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमूना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागि नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे जानकारी गराएका थिए। 

     

    images
    आइतवार, माघ ८ २०७९०८:११:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार