Oct 08 2026 | २०८३, आश्विन २२ गते

गाउमै नि:शुल्क लोकसेवा र शिक्षकसेवा कक्षा संचालन गर्ने गाउपालिकाको तयारी ।

गाउमै नि:शुल्क लोकसेवा र शिक्षकसेवा कक्षा संचालन गर्ने गाउपालिकाको तयारी ।

  • 447
    SHARES

  • गाउमै नि:शुल्क लोकसेवा र शिक्षकसेवा कक्षा संचालन गर्ने गाउपालिकाको तयारी ।

    माघ, ८ काठमाडौ । गुल्मीको एक स्थानीय तहले निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागेको छ। आयोग प्रतिको आकर्षण बढाउन जिल्लाको चन्द्रकोट गाउँपालिकाले नि:शुल्क कक्षा संचालन गर्न लागेको हो।

    पालिकाले आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम अनुसार निःशुल्क लोकसेवा तयारी सञ्चालन गर्न लागिएको बताइएको छ । गाउँमै जागिरको तयारी गर्नको लागि यही माघ ११ गतेदेखि कक्षा सुरु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्ने वातावरण सिर्जनाको लागि पहिलो चरणमा विद्यार्थीहरूलाई अभिमुखीकरण गर्ने बताउनुभयो।

    गाउँपालिकाले सञ्चालन गर्ने पहिलो दिनको अभिमुखीकरण र तयारी कक्षा १८ दिनसम्म चल्ने र जसमा सहभागिताक लागि ४५ जनाले निवेदन दिएका छन् ।

    पालिकाका अनुसार सुरुमा शिक्षक सेवा र लोकसेवाको पहिलो पत्रमा आधारित रहेर तयारी गराइने त्यसपछि बाँकी तयारीका कक्षा सहभागीहरूको आवश्यकताका आधारमा अगाडि गाउँपालिकाले जनाएको छ । 

    पालिकाले देशमा हुने रोजगारीतर्फ कम आकर्षित भई वैदेशिक रोजगारीमा जाने बढ्दो चापलाई कम गर्नको लागि उक्त कक्षा सञ्चालन गर्न लागिएको छ । गाउँमै बसेर जागिरको तयारी गर्न सक्ने र लोकसेवामा आकर्षण बढाउनका लागि अभिमुखीकरण सहित कक्षा सञ्चालन गर्ने र बाध्यताले सहरमा गएर लोकसेवा र शिक्षक सेवाको कक्षा लिने कुराको अन्त्य र आर्थिक हिसाबले कमजोर भएकाहरूलाई लक्षित गरेर नीति तथा कार्यक्रम नै समावेश गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । 

    चन्द्रकोट सहित यस क्षेत्रबाट लोक सेवामा कम आकर्षण भएको हुँदा लोकसेवाप्रति आकर्षण बढाउनका लागि यस्तो गरिएको उहाँको भनाइ छ ।

     

    images
    आइतवार, माघ ८ २०७९११:३८:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार