Oct 08 2026 | २०८३, आश्विन २२ गते

टेस्ट परिक्षामा भनेजति नम्बर नल्याएको भन्दै प्रअद्वारा विद्यार्थी कुटपिट।

टेस्ट परिक्षामा भनेजति नम्बर नल्याएको भन्दै प्रअद्वारा विद्यार्थी कुटपिट।

  • 439
    SHARES

  • टेस्ट परिक्षामा भनेजति नम्बर नल्याएको भन्दै प्रअद्वारा विद्यार्थी कुटपिट।

    माघ, ९ काठमाडौ । तनहुको एउटा बिद्यालयमा टेस्ट परिक्षामा भने जति नम्बर नल्याएको भन्दै प्र.अ. (प्रधानाध्यापक) द्वारा विद्यार्थी कुटपिट भएका छन। नजिकिदै गरेको SEE पुर्व तयारिको लागि लिइएको टेस्टमा आफुले भनेजति नम्बर नल्याएको भन्दै तनहुँको घिरिङ गाउँपालिकाको चन्द्रज्याती माविका प्रधानाध्यापकको कुटपिटबाट १५ वर्षिय विद्यार्थी अस्पताल भर्ना भएकी हुन्।

    एसइइ पूर्व तयारी कक्षाका लागि होस्टलमा पढ्दै गरेका विद्यार्थीहरुलाई टेष्ट परिक्षामा उत्तर नजानेको भन्दै प्रध्यानााध्यापक थापाले ४२ जना विद्यार्थीलाई समुहिक रुपमा लौरीले कुटपिट गरेको विद्यार्थीको भनाई छ ।

    प्र.अ. ले उनलाई १४/१५ पटक सम्म लठ्ठीले हान्दा पिठ्युमा लठ्ठीको डाम बसेको र देब्रे खुट्टा टेक्न नहुने तथा बस्न समेत नसक्ने भए पछी एम्बुलेन्समा राखेर उनलाई अस्पताल लगिएको बताइएको छ।

    ‘पिसाब गर्न समेत जान नसकेर साथीहरूले बोकेर लगेको रहेछ। देब्रे खुट्टा दुखेर रातभरि खुट्टा मिच्दै बसेछन्। हामीले हाम्रो बच्चालाई स्कुलमा कुटाउन पठाएको हो? प्रिन्सिपल सर भएर त्यस कुट्न त हुन्न नि। सम्झाउने बुझाउने हो। यस्तो सरलाई कारबाही हुनुपर्छ घाइते विद्यार्थीकि आमाले भनिन्। घाइते विद्यार्थीको हाल बेलचौतारा स्थित जिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी विद्यार्थी कुटपिट गरेक भन्दै अभिभावकहरुले विद्यालय परिसरमा नाराबाजी गर्दै विद्यार्थी कुट्ने प्रध्यानाध्यापकलाई कारबाहीको माग गरेका छन। अभिभावकहरुले गरेको विरोध बिरोध प्रदर्सनका कारण विद्यालय परिसर केही बेर तनावग्रस्त बनेको समेत जनाइएको छ। घाइते विद्यार्थीका अफन्त भने पिट्ने शिक्षकलाई कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय भिमादमा निबेदन दर्ता गराएका छन् ।

     

    images
    सोमवार, माघ ९ २०७९११:२८:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार