Jul 27 2026 | २०८३, श्रावण ११ गते

KCCS ले गरेको बिज्ञान प्रदर्शनी सम्पन्न, विद्यार्थीले बनाए जहाज।

KCCS ले गरेको बिज्ञान प्रदर्शनी सम्पन्न, विद्यार्थीले बनाए जहाज।

  • 1.5K
    SHARES

  • KCCS ले गरेको बिज्ञान प्रदर्शनी सम्पन्न, विद्यार्थीले बनाए जहाज।

    माघ, १० गते काठमाडौ । काठमाडौं महानगरपालिका अन्तर्गत कालिमाटी सोल्टिमोडमा अवस्थित काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (Kathmandu College of Central State/ KCCS) ले दुई दिने बिज्ञान प्रदर्शनी सम्पन्न गरेको छ। KCCS ले विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरेको दुइदिने विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो।FB_IMG_1674469501480.jpg

    कलेजमा अध्यायनरत विज्ञान संकायका विद्यार्थीहरुद्वारा निर्मित विभिन्न स्मार्ट होम, जहाज, ड्रोन, स्काभेटर, इलेक्टि्रकल बोट, रोबर्ट लगाएत विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरेका थिए । "Science is simply common sense at its best." भन्ने मुल नारा रहेको दुई दिने बिज्ञान प्रदर्शनीमा २० वटा स्टलमा विद्यार्थीहरुले आफैले निर्माण गरेका विभिन्न बैज्ञानिक प्रबिधि, उपकरण तथा औजारहरुको प्रदर्शनी गरेका थिए।FB_IMG_1674469485232.jpg

    बिज्ञान प्रदर्शनी कार्यक्रमको संयोजन सोही कलेजका शिक्षक शम्भु लामिछाने गरेका थिए। प्रदर्शनिका संयोजक लामिछानेले यस प्रदर्शनिले स्थानीय रुपमा उपलब्ध श्रोत साधनको प्रयोग गरि बिज्ञानको अवधारणा बुझ्न सघाउ पुर्‍याउने बताउनुभयो। उहाँले सामान्य प्रकारको स्रोत साधन प्रयोग गरेर बिशिस्ट अबधारणाहरुको बिकास गर्ने र विद्यार्थीहरुलाई Experiment मा आकर्षण गराउनको लागि सघाउ पुर्‍याउने बताउनुभयो। त्यसैगरी प्रदर्शनी कार्यक्रम कलेजका एकाडमिक डाइरेक्टर टंक गैरेले कार्यक्रम संचालन गर्नु भयो। संचालनको क्रममा उहाँले बिज्ञान प्रदर्शनीले विद्यार्थीहरुको सृजनशिलतालाइ उजागर गर्ने बताउनु भयो। FB_IMG_1674469395020.jpg

    बिज्ञान प्रदर्शनी कार्यक्रममा त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि संस्थानका सहायक डिन प्राध्यापक डाक्टर खगेश्वर मण्डलले प्रमुख अतिथिको रुपमा सहभागिता जनाउनुभयो। उहाँले विद्यार्थीहरुले निर्माण गरेका प्रबिधि, उपकरण तथा औजारहरुको कौतुहुलता पुर्वक निरिक्षण तथा अवलोकन गर्नुभयो साथै उहाँले कुन प्रबिधि, औजार तथा उपकरण कुन बैज्ञानिक सिद्धान्त प्रयोग भएको भन्ने बारेमा विद्यार्थीहरुलाइ सोध्नु भएको थियो। उहाँले हरेक स्टलहरुमा पुगेर विद्यार्थीलाई बैज्ञानिक खोज अनुसन्धानमा लाग्न उत्प्रेरित गर्नु भयो। मन्डलले बिज्ञान प्रदर्शनीबाट आफुले केही सिक्ने अवसर पाएको समेत बताउनु भयो।20230123_120418.jpg

    बिज्ञान प्रदर्शनीमा भाग लिने विद्यार्थीहरुले कुन Instrument कुन सिद्धान्तबाट बनेको हुन्छ र त्यसले कसरी काम गरेको हुन्छ भन्ने कुरा थाहा पाउनु जरुरि रहेको बताउनु भयो। उहाँले यस्तो कार्यले विद्यार्थीहरुको खोज अनुसन्धान प्रतिको लगाव बड्दै जाने भन्दै, बिज्ञान प्रदर्शनीले विद्यार्थीहरुको Creativity लाई वृद्धि बिकास गर्न मद्दत पुर्‍याउने बताउनु भयो।20230123_114737.jpg

    बिज्ञान प्रदर्शनी कार्यक्रममा उपत्यका भित्रका २५ भन्दा बढी स्कुल/कलेजका विद्यार्थीहरुले अवलोकन गरेका थिए।प्रदर्शनीमा विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थिती समेत रहेको थियो ।FB_IMG_1674469438593.jpg

    प्रदर्शनीले विद्यार्थीहरुलाई ल्याब प्राक्टिकलको सट्टा बैज्ञानिक खोज, अनुसन्धान र निर्माणमा संङ्लग्न गराउन सघाउ पुर्‍याउने कलेजका अध्यक्ष तथा प्रिन्सिपल मनोज कुमार थापामगरले बताउनु भयो। उहाँले कलेजले बैज्ञानिक खोज अनुशन्धानमा Exposure को भुमिका खेल्ने समेत बताउनुभयो।FB_IMG_1674578273066.jpg

    प्रदर्शनी दुई दिन सम्म बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म चलेको र विद्यार्थीहरुले अबलोकन गरेका थिए।

    बिज्ञान प्रदर्शनीमा विद्यार्थीले बनाए जहाज ।

    Kathmandu College of Central State (KCCS) ले आयोजना गरेको बिज्ञान प्रदर्शनी एक जना विद्यार्थीले जहाज बनाएका छन। प्रदर्शनीमा कक्षा ११ मा बिज्ञान बिषय अध्यायन गर्ने चन्द्रागिरी नगरपालिका, चुनुदेबीका सुदिप खड्काले मोटर र ब्याट्रीको प्रयोग गरि जहाज बनाएका हुन्।20230123_130938.jpg

    उनले बनाएको जहाजमा Redio transmitter (Flysky- 16) , Brushless motor, Servo Motor, Propeller, Li-po Battery, ESC (Electronic Speed Controller), र Cardboard को प्रयोग गरेको बताए। त्यसैगरी Flight Control गर्न Elevator Rudder, Throttle र Ailerons को प्रयोग गरेको बताए।20230123_130726.jpg

    प्रदर्शनीमा राखिएको जहाज उड्न कम्तीमा ५० मिटरको पिच आवस्यकता पर्ने उनले बताए। जहाज हेर्न विद्यार्थीहरुको भिड लागेको थियो। उनले श्रोत र साधन पाए आफुले थप अनुसन्धान गर्दै पुरस्कृत गर्नसक्ने र भबिस्यमा जहाज निर्माण गर्न सक्ने बताए।FB_IMG_1674578492868.jpg

    KCCS ले आयोजना गरेको बिज्ञान प्रदर्शनी अन्य स्कुल र कलेजहरुको लागि पनि उदाहरणीय बन्नसक्ने छ।

    यस्तो छ जहाज 

    https://youtu.be/sD-Hvfqcds8

     तस्वीरमा बिज्ञान प्रदर्शनी ।

    FB_IMG_1674578061539.jpgFB_IMG_1674577970679.jpgFB_IMG_1674578207873.jpgFB_IMG_1674577956888.jpgFB_IMG_1674577704334.jpgFB_IMG_1674578227023.jpgFB_IMG_1674578358950.jpgFB_IMG_1674578197797.jpgFB_IMG_1674577808714.jpgFB_IMG_1674577767398.jpgFB_IMG_1674577735154.jpgFB_IMG_1674560581786.jpgFB_IMG_1674560696940.jpgFB_IMG_1674560578057.jpgFB_IMG_1674578288365.jpgFB_IMG_1674560616815.jpgFB_IMG_1674469446160.jpgFB_IMG_1674577692465.jpg

    images
    मंगलवार, माघ १० २०७९१०:४६:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार