Jul 27 2026 | २०८३, श्रावण ११ गते

चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले गरे बिरोध प्रदर्सन ।

चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले गरे बिरोध प्रदर्सन ।

  • 1.2K
    SHARES

  • चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले गरे बिरोध प्रदर्सन ।

    माघ, ११ गते काठमाडौ । अखिल (क्रान्तिकारी) ले विभिन्न मागहरु राखेर चिकित्सा शिक्षा आयोगका विरुद्ध विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट क्रान्तिकारी विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगमा विभिन्न मागहरू राखेर एकहप्ते अल्टिमेटम सहित पुष २३ गते मागपत्र बुझाएको तर हाल सम्म कुनै सुनुवाइ नभएको भन्दै आज चिकित्सा शिक्षा आयोगको गेटमा विरोध प्रदर्शन गरिएको हो।received_686167259909161.jpegreceived_1671140886656366.jpeg

    यसअघि चिकित्सा शिक्षा आयोगले सुनवाइ नगरेपछि माघ ०६ गते चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको थियो ।

    विरोध प्रदर्शन संगठनका महासचिव रुपाबुढा मगरले संचालन गरेको र उपाध्यक्ष विरेन्द्र शाहले सम्बोधन गरेका थिए । विरोध प्रदर्शनमा बोल्दै संगठनका उपाध्यक्ष विरेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको बदमासीका विरुद्धमा जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए।received_701138181799775.jpeg

    चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई विदेश पठाएर विदेशी मेडिकल शिक्षाको एजेण्टको काम गरेको आरोप समेत उपाध्यक्ष शाहले बताए। उनले माग पूरा नहुन्जेल अखिल (क्रान्तिकारी) ले चिकित्सा शिक्षा आयोगका विरुद्धको आन्दोलन जारी राख्ने समेत बताएका छन।received_1564532153958222.jpeg

    यस्ता छ्न चिकित्सा शिक्षा आयोग समक्ष अखिल (क्रान्तिकारी) द्वारा बुझाईएका हाम्रा मागहरु :

    १) ️ चिकित्सा आयोगले लिने एकीकृत प्रवेश परीक्षा छिटो-छरितो र प्रवेश परीक्षा लिएको १५ दिनभित्र प्रतिफल प्रकाशित गरि विद्यार्थीहरुले शैक्षिक वर्ष नै गुमाउनु परेको अवस्थाको अन्त्य गरिनुपर्ने ।

    २)  ️चिकित्सा शिक्षा आयोग लिने एकीकृत प्रवेश परीक्षाको आफुखुशी  हचुवाको भरमा भर्नामा कार्यविधि परिवर्तन गरेर विद्यार्थीहरुलाई दु:ख दिने काम बन्द गर्नुपर्ने ।

    ३) चिकित्सा शिक्षा आयोगको लम्बेतान र विद्यार्थीहरुलाई दु:ख दिने प्रक्रिया अन्त्य गरि चिकित्सा शिक्षा अध्ययनका लागि भईरहेको पुजी  र प्रतिभा पलायन  रोक्नुपर्ने ।

    ४)  ️सरकारी लगानीमा चिकित्सा अध्ययन संस्था खोल्न पहल गर्ने , विद्यार्थी अनुसार आवश्यक कोटा बढाउने , छात्रवृत्ति कोटा बढाउने र महँगो शुल्क  घटाउनु पर्ने ।

    ५)️ राष्ट्रिय परिचयपत्र छिटो-छरितो र सहज रुपमा उपलब्ध नभईरहेको बेला विद्यार्थीहरु जानाजान दु:ख दिन नागरिकता सहित राष्ट्रियपरिचय पत्र अनिवार्य गर्ने कुरा तत्काललाई रोक्नुपर्ने ।

    ६) ️ चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षा विकेन्द्रीत (प्रदेश स्तमा) गर्नुपर्ने ।

    ७) विद्यार्थीहरुको शैक्षिकवर्ष नगुम्ने गरि चिकित्सा शिक्षा आयोग वार्षिक कार्यतालिका जारी गरि कडाईपुर्वक लागु गरिनुपर्ने ।

     

    images
    बुधवार, माघ ११ २०७९०६:५९:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार