Oct 08 2026 | २०८३, आश्विन २२ गते

नयाँ शैक्षिकसत्र बैशाख १ बाट शुरु हुने। (सूचना सहित)

नयाँ शैक्षिकसत्र बैशाख १ बाट शुरु हुने। (सूचना सहित)

  • 532
    SHARES

  • नयाँ शैक्षिकसत्र बैशाख १ बाट शुरु हुने। (सूचना सहित)

    माघ, १५ काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्र (बिद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले आगामी नयाँ शैक्षिकसत्र बैशाख १ बाट शुरुहुने बताएको छ।

    केन्द्रले ७७ वटै शिक्षा बिकास तथा समन्वय इकाइलाइ पत्र पठाउदै २०७९ शैक्षिकसत्र आगामी चैत मसान्तसम्म कायम हुने गरि तोकिएकोले नयाँ शैक्षिकसत्र मिति २०८० बैशाख १ बाट शुरु हुने बताएको हो।

    देश केही बिद्यालय र जिल्लाहरुबाट आगामी शैक्षिकसत्र कहिले शुरु हुने भनी जानकारी माग गरेको सन्दर्भमा शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम ८४(१) बमोजिम शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको मिति २०७९ माघ ६ गतेको निर्णय अनुसार आगामी २०८० बिद्यालय शैक्षिकसत्र आगामी बैशाख १ गते बाट शुरुहुने केन्द्रले जारी गरेको सुचना उल्लेख गरेको छ।

    हेर्नुस सूचना ।

    FB_IMG_1674977991816.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार