Oct 08 2026 | २०८३, आश्विन २२ गते

सुवर्ण अवसर । २०५३ साल देखिका समय सिमा नाघेका विद्यार्थीका लागि परीक्षा फारम खुल्यो। (सूचना सहित)

सुवर्ण अवसर । २०५३ साल देखिका समय सिमा नाघेका विद्यार्थीका लागि परीक्षा फारम खुल्यो। (सूचना सहित)

  • 4.5K
    SHARES

  • सुवर्ण अवसर । २०५३ साल देखिका समय सिमा नाघेका विद्यार्थीका लागि परीक्षा फारम खुल्यो। (सूचना सहित)

    माघ १६ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०५३ साल देखिका समय सिमा नाघेका विद्यार्थीका लागि परीक्षा फारम खुला गरेको छ। प.नि.का.ले ३ वर्षे स्नातक तह प्रथम, दोस्रो र तेस्रो वर्षको प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्न खुलाएको हो।

    विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत संचालित व्यवस्थापन, शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र संकाय र विज्ञान तथा प्रविधि अधययन संस्थान तर्फ तीन वर्षे स्नातक तहका कार्यक्रमका लागि परीक्षा आवेदन खुला गरेको जनाएको छ।

    त्रिभुवन बिश्वबिद्धालयले तीन वर्षे स्नातक तहका सबै कार्यक्रम बन्द भई सकेको तर कतिपय विद्यार्थीहरुको प्रथम, दोस्रो र तेस्रो वर्षको सैद्धन्तिक विषय उित्तिर्ण गरी प्रयोगात्मक परीक्षा, प्रोजेक्ट वर्क तथा शिक्षण अभ्यास मात्र बाँकी रहेको अवस्था भएकोले परीक्षाका लागि आवेदन खुला गरेको जनाएको छ ।

    सुचना अनुसार २०५३ साल देखिका सात वर्ष समय सिमा नाघि सकेका विद्यार्थीहरुले २०७९ माघ १० गतेदेखि फागुन ९ गतेसम्म तोकिएको दस्तुर सहित परीक्षा फाराम भराई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्नेछ । त्यसैगरी प्रयोगात्मक परीक्षा, प्रोजेक्ट वर्क तथा शिक्षण अभ्यास सम्पूर्ण प्रक्रिया पूरा गरी चैत १५ गते भित्र परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन सूचित गरेको छ ।

    बिस्तृत जानकारीका लागि हेर्नुहोस सूचना :

    FB_IMG_1674992413694.jpgFB_IMG_1674992415949.jpg

    images
    सोमवार, माघ १६ २०७९१०:०७:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार