Oct 08 2026 | २०८३, आश्विन २२ गते

परिक्षा तालिका संशोधन गर्न माग गर्दै विद्यार्थीद्वारा पनिकामा प्रदर्सन ।

परिक्षा तालिका संशोधन गर्न माग गर्दै विद्यार्थीद्वारा पनिकामा प्रदर्सन ।

  • 597
    SHARES

  • परिक्षा तालिका संशोधन गर्न माग गर्दै विद्यार्थीद्वारा पनिकामा प्रदर्सन ।

    माघ, २३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको परीक्षा तालिका (रुटिन) संशोधन गर्न माग गर्दै बल्खुमा बिबिएस चौथो वर्षका विद्यार्थीले प्रदर्सन गरेका छन् । स्नातक तह चौथो वर्षको परीक्षा १० देखि १९ गतेसम्मको तालिका सार्वजनिक गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् ।FB_IMG_1675599223562.jpg

    परिक्षा फारम भर्ने म्याद थपी परिक्षा सार्नुपर्ने र विद्यार्थीहरुलाइ आउदै गरेको स्वबियु निर्वाचनमा सहभागी गराउनु पर्ने माग छ। स्ववियु निर्वाचनमा ४ ओटा ब्याचले मात्र मतदान गर्न पाउने भएकाले चौथो वर्षलाई छिट्टै धपाउन लागि छिट्टै परीक्षा गर्न लागिएको आन्दोलनरत विद्यार्थीहरुको आरोप छ ।FB_IMG_1675599230785.jpg

    यद्यपि केही विद्यार्थीहरु भने परीक्षा सार्न नहुने र तोकिएकै समयमा परीक्षा हुनुपर्मे माग गरिरहेका छन। उनिहरुले राजनीतिमा चासो हुने विद्यार्थीले स्ववियु चुनावमा भाग लिन मात्र परीक्षा सार्न दबाव दिएको बताएका छन।

    कोरोना महामारीको समयमा बिग्रेको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ /०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चार वर्षे स्नातक तहमा ५ वटा ब्याच छ ।FB_IMG_1675602855323.jpg

    आइतबार बसेको त्रिवि परिक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरुलाई 4th year को परिक्षा तालिका समायोजन गर्ने आश्वासन दिएको छ, भने कुनै निश्चित निर्णय हुन सकेको छैन ।

    त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार 4th Year को परीक्षाको बारेमा छलफल भएको तर के गर्ने भन्ने निष्कर्ष निस्केन नसकेको हो।

     

    images
    सोमवार, माघ २३ २०७९०७:५९:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार