बिहिवार, माघ २६ २०७९
माघ, २६ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा तालिका प्रकाशित गरि सकेको छ। एसईई परीक्षा आउन झन्डै दुई महिना मात्रै बाँकी रहदा समेत धनुसाको एक बिद्यालयमा बिषय शिक्षक नभएको सुचना प्राप्त भएको छ।
धनुषा जिल्लाको बटेश्वर गाउपालिका स्थित लक्ष्मी मावी चित्रपुरमा अंग्रेजी र सामाजिक बिषय पढाउने शिक्षक नभएको बताइएको छ। स्रोतका अनुसार SEE परीक्षा आउन करिब दुई महिना मात्रै बाँकी छ तर लक्ष्मी मावी चित्रपुर मा अंग्रेजी र सामाजिक बिषय पढाउने शिक्षक अझै सम्म उपलब्ध छैन।
यस बिषयमा बटेश्वर गाउपालिका शिक्षा साखा बेखबर छ। यस बिद्यालयबाट एसईई परीक्षा दिने विद्यार्थी ६०/७० जना रहेको बताइन्छ। तर बिषयगत शिक्षक नहुना विद्यार्थी परीक्षा कसरी दिने, यस बिषयमा कसैको ध्यान जान सकेको छैन।
यसअघि शिक्षक अभाव भएको भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए। विद्यार्थीहरुले शैक्षिकशत्र को अन्त्यमा बिषयगत शिक्षकको माग गर्दै आन्दोलन गर्नुको दृश्य कम्ती बिदारक छैन। आन्दोलनका क्रममा विद्यार्थीहरुले बिद्यालय तोडफोड समेत गरेको बताइएको छ।
त्यसैगरी मुगुको छायानाथ नगरपालिका स्थित प्रभात माविमा समेत बिषयगत शिक्षक नभएको खबर प्राप्त भएको छ। स्रोतका अमुसार एसईई नजिक छ, केही शिक्षक सेवा आयोगको तयारी गर्न र केही अन्य कारणले बिदामा बसेका छन् ।हेडमिस एक महिनादेखि अनुपस्थित हुनुहुन्छ ।
विद्यालय व्यवस्थापन समितिलाई त्यसको जानकारी छैन । शिक्षक अभावमा कक्षा १० का विद्यार्थी ३ विषय मात्र पढ्दैछन् । परीक्षा कसरी दिने तनावमा छन् ।
विद्यार्थीले केही पढेका छैनन्। न कसैले पढाउने तिर ध्यान दिएको छ। यस्तो अवस्थामा विद्यार्थीको मनोबल कस्तो होला? यसको नतिजा कस्तो आउला? सम्बन्धित सरोकार राख्ने निकायहरुको समयमै ध्यान जावस।