Oct 08 2026 | २०८३, आश्विन २२ गते

सार्बजनिक बिद्यालय सुधारको लागि १६ बुदे माग सहित आमरण अनशन । (माग सहित)

सार्बजनिक बिद्यालय सुधारको लागि १६ बुदे माग सहित आमरण अनशन । (माग सहित)

  • 606
    SHARES

  • सार्बजनिक बिद्यालय सुधारको लागि १६ बुदे माग सहित आमरण अनशन । (माग सहित)

    फागुन, ३ काठमाडौ । शिक्षा सुधारका विभिन्न १६ बुदे माग सहित २०७९ माघ २९ गते देखि सार्वजनिक विद्यालय सुधार अभियानका अभियन्ता प्रकाश न्यौपाने आमरण अनशन बसिरहेका छन। शिक्षकलाई सक्रिय राजनीति गर्न दिन नहुने, शिक्षकको ५/५ वर्षमा लाइसेन्स नविकरण, प्र.अ. को अलग पद निर्धारण गर्नुपर्ने, पाँच वर्षमा शिक्षकको अनिवार्य सरुवा गरिनुपर्ने, सरकारी तलब खाने शिक्षक, कर्मचारीले अनिवार्य सरकारी स्कुलमा छोराछोरी पढाउनुपर्ने लगायत १६ बुदे माग राख्दै न्यौपाने अनसन बसेका हुन् ।

    सार्वजनिक विद्यालय सुधार अभियानको ब्यानरमा राजधानीको दरबार हाइस्कुलमा आमरण अनसन बस्दै आएका अभियन्ता न्यौपानेलाई अनशन बसेको दुई दिनमा नै प्रहरीले धरपकड गरि वीर अस्पताल पुर्‍याइदिएको छ ।यद्यपि अभियान्ता न्यौपानेले अस्पतालको बेडबाटै भएपनी आमरण अनसनलाई निरन्तरता दिएको न्यौपानेले बताएका छन् । FB_IMG_1676368470452.jpg

    अभियान्ता न्यौपानेले आफु मुटुको रोगी भएको बताउँदा बताउँदै पनि प्रहरीले धरपकड गरेको बताइएको छ। प्रहरीले उनलाई झण्डै दुई घण्टा वृत्तमा राखेर अस्पताल भर्ना गरेको समेत बताइएको छ । 

    आमरण अनशन बसेका न्यौपानेलाई प्रहरीको धरपकड पछि सामाजिक संजाल लगाएत ठाउँ हरुमा चर्को बिरोध समेत भएको छ।

    न्यौपानेले सार्वजनिक शिक्षा सुधारको अभियान देशकै पहिलो विद्यालयबाट गर्नु पर्ने भन्दै उनले आमरण अनसन शुरु गरेका थिए ।

    यसअघि अभियान्ता न्यौपानेले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई सामाजिक संजाल फेसबूकमा पत्र समेत लेखेका थिए।

    अभियान्ता न्यौपानेले लेखेको पत्र यस्तो छ पत्र ।

    मा. मन्त्रीज्यू

    शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय ।

    बिषय : आमरण अनसन सम्बन्धमा ।

    (नेपालकाे पहिलो तर इतिहास मेटिएकाे शैक्षिक संस्था दरबार हाइस्कूल रानीपाेखरी , काठमाडौ )

    शिक्षा देश विकासकाे पूर्वाधारकाे पनि पूर्वाधार हाे।जुन दिन याे देशका बालबालिका हरुले गुणस्तरीय शिक्षाकाे अवसर पाउनेछन् त्यही दिनबाट सुरु हुनेछ याे देशको उज्यालो भविष्य ।नीजि शैक्षिक संस्थामा अाम नागरिकका बालबालिकाहरु पढ्न नसक्ने तर सार्वजनिक शैक्षिक संस्थाहरु दिन प्रतिदिन खस्कदै गईरहेका हुनाले अाम नागरिकमा चरम निराशा बढ्दै गइरहेको छ।गुणस्तरीय (वैज्ञानिक र जनवादी ) शिक्षा राजनीतिक दलका नारामात्र भए । नागरिकको जीवन बदल्ने र देशकाे मुहार फेर्ने अाधार कहिल्यै बनेन ।भनिन्छ , साधारण चाेरले धनसम्पत्ति मात्र चाेर्छ तर राजनैतिक चाेरले तपाई हाम्रो भविष्य नै चाेरी दिन्छ । हाम्रो भविष्य , हाम्रा बालबालिकाकाे शिक्षासँग जाेडिएकाे छ । जुन देशको शिक्षाक्षेत्रमा चरम राजनीति हुन्छ नि, त्यसकाे भविष्य प्रति अाशावादी हुने सम्भावना निकै कम हुन्छ ।के सार्वजनिक विद्यालयलाई अभिभावक तथा बालबालिकाकाे पहिलो राेजाईकाे विद्यालयका रुपमा विकास गर्न सकिदैन ? के सार्वजनिक विद्यालयहरु सुधार नै गर्न नसक्ने गरि विग्रेका हुन त ? हाेईन । शिक्षकले चाहेमा गर्न सक्छन् । तर सार्वजनिक विद्यालयमा अब्बल शिक्षकहरू अल्पसंख्यक छन ।चाहार र झाेले शिक्षकहरूको हालीमुहाली छ। के हामीले हाम्रो गाउँ ठाउकाे विद्यालय सुधार गर्न सक्दैनौं र ? अवश्य सक्छौ । अाउनुहाेस हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? आजैबाट सार्वजनिक विद्यालय सुधार अभियानकाे थालनी गराैं ।

    यस्तो छन मागहरु ,

    १, सार्वजनिक विद्यालयलाई सबै प्रकारका राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने गरि कानुनी ब्यवस्था गर्नुपर्ने , साथै कुनै पनि शिक्षकले कुनै पनि राजनीतिक दलकाे भातृ संस्थाकाे सदस्य बन्न नपाउने ।

    २, विद्यालयकाे प्राज्ञिक नेतृत्वका रुपमा प्रधानाध्यापकलाई छुट्टै पदका रुपमा विकास गर्नुपर्ने । सम्पूर्ण प्राज्ञिक ब्यवस्थापनकाे स्वायत्तता प्रधानाध्यापकलाई दिईनु पर्ने । शिक्षक सेवा अायाेगले कम्तिमा पाँच बर्ष शिक्षण अनुभव भएका शिक्षकहरु मध्येबाट नेतृत्व परीक्षणकाे परीक्षा लिई प्रधानाध्यापकमा सिफारिस हुने ब्यवस्था गर्नुपर्ने ।

    ३, मेधावी र क्षमतावान व्यक्तिलाई शिक्षण पेसामा अाकर्षित गर्ने ।विश्वविद्यालय शिक्षामा उच्च स्थान हासिल गरेका व्यक्तिलाई साेझै शिक्षण पेसामा प्रवेश गर्नसक्ने अवसर प्रदान गर्नुपर्ने ।

    ४, अाधारभूत तहकाे शिक्षककाे न्यूनतम याेग्यता स्नातक तह र माध्यमिक तहकाे शिक्षककाे लागि स्नातकोत्तर पास गरेको दक्ष शिक्षककाे अापूर्ति हुनुपर्ने ।

    ५, निजी तथा सार्वजनिक विद्यालयकाे पाठ्यक्रममा एकरुपता , पाेशाकमा एकरुपता ,पढाउने माध्यममा एकरुपता ल्याई सबै विद्यालयहरुलाई एउटै ढाँचामा ल्याउनु पर्ने ।संघीय सरकारले मुख्य पाठ्यक्रम निर्माण गर्ने ,अनि स्थानीय सरकारले एेच्छिक र स्थानीय पाठ्यक्रम निर्माण गर्ने ।महिनामा एकहप्ता निजीका शिक्षकहरूले सार्वजनिक विद्यालयमा र सार्वजनिकका शिक्षकहरुले निजी विद्यालयमा गएर पढाउनु पर्ने व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने ।

    ६, प्रत्येक ५ बर्षमा शिक्षककाे शिक्षण अध्यापन अनुमति पत्रकाे नवीकरण गर्नुपर्ने ।

    ७, शिक्षकहरुकै पाेशाकमा एकरूपता नदेखिएकाले व्यवस्थापन समिति मार्फत पाेशाक खरिद गरि , शिक्षक शिक्षिकाले राष्ट्रिय पाेशाक अनिवार्य लगाउनु पर्ने ।

    ८, सयभारी खर काट्ने र सयभारी खर पाेल्नेकाे एउटै मुल्यांकन छ। त्यसैले राम्रो गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डकाे व्यवस्था गर्नुपर्ने ।

    ९, कुनै पनि विद्यालयमा एकजना शिक्षक कार्यरत अवधि , बढीमा पाँच वर्षको बनाउनुपर्ने ।त्यसपछि स्वत : सरुवा हुने कानुनी रुपमा व्यवस्था गर्नुपर्ने ।शिक्षकलाई घरपायक पर्ने गरि राख्न नहुने ।

    १०, हरेक विद्यालयले खाली जग्गाको सदुपयोग गरि बगैंचा वा करेसाबारी बनाइ एक विद्यार्थी एक विरुवा कार्यक्रम लागू गर्ने । विरुवाले पाएकाे स्याहारकाे अाधारमा प्रयाेगात्मक परीक्षाकाे मुल्यांकन गरिनु पर्ने ।

    ११, प्रत्येक विद्यालयमा सफा चमेनागृह र पाेषणयुक्त खानेकुरा हुनुपर्ने ।विद्यालयकाे भित्तामा राम्रा राम्रा उक्तिहरु लेखिनु पर्ने ।

    १२, शिक्षककाे हाजिरी सूचना पाटीमा सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्ने ।

    १३, हरेक विद्यालयले एक शिक्षा पराेपकारी वा कल्याणकारी काेष स्थापना गरि साे काेषमा समाजसेवी ,चन्दादाता , पूर्व विद्यार्थी , व्यापारी वा जाेसुकैबाट विद्यालय विकासको निम्ति दान वा अार्थिक सहयाेग लिनसक्ने व्यवस्था गर्नुपर्ने ।

    १४, प्राविधिक शिक्षामा पहुँच स्थापित गर्नका लागि कक्षा ९ देखि साधारण र प्राविधिक तथा व्यवसायीक शिक्षाकाे धारकाे व्यवस्था गर्नुपर्ने ।

    १५, सरकारी काेषबाट तलव सुविधा उपयाेग गर्ने हरेकले अाफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा नै पढाउनु पर्ने कानुनी व्यवस्था गर्नुपर्ने ।

    १६, नेपालकाे पहिलो शैक्षिक संस्था दरबार हाईस्कूल कहाँ छ ?

     १९१० साल असाेज २७ गते जंगबहादुर राणाले अाधुनिक अग्रेजी शिक्षा दिन बेलायतबाटै अग्रेजी शिक्षक ल्याएर स्थापना गरेको दरबार हाईस्कूलाई बेलायतकै जस्तो गुणस्तरीय शिक्षा दिने गरि शैक्षिक हव बनाउनु पर्नेमा किन याे ऐतिहासीक स्कूलकाे नाम, कुन शैक्षिक माफियाको निर्देशनमा मेटाईयाे ? के जरुरत थियो याे इतिहास मेटाउन ।काठमाडौकाे रानीपाेरीमा रहेको भानु मा.वि. र संस्कृत मा.वि.काे ठाउँमा दरबार हाई स्कुल नै हुनुपर्छ ।

     

    images
    बुधवार, फाल्गुण ३ २०७९०८:१६:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार