शुक्रवार, फाल्गुण ५ २०७९
फागुन, ५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले स्वबियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बिश्वबिद्धालयले आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
त्रिभुवन बिश्वबिद्धालयले यसपटक देखि २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागेको छ। स्ववियु निर्वाचनमा २०५१ चैत १८ गते वा त्यसभन्दा पछि जन्मेका विद्यार्थीमात्र उम्मेदवार हुन पाउनेछन्।
यस्तो छ कार्यतालिका ।
फागुन १९ गते विद्यार्थी संघसंगठन दर्ता।
फागुन २१ गते मतदाता सूची प्रकाशन ।
फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध गर्ने ।
फागुन २५ गते मतदाता सूची उपर दाबी विरोधको छानबिन गरि अन्तरिम नामावली प्रकाशन गर्ने।
फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण ।
फागुन २७ गते उम्मेदवारको मनोनयन पत्र प्रत्यक्ष तर्फको र समानुपातिक तर्फको दाखिला गर्ने ।
फागुन २७ गते प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने।
फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय ।
फागुन २८ गते दाबी बिरोध उपर छानबिन गरि उम्मेदवारको नामावली प्रकाशन गर्ने।
फागुन २९ गते उम्मेदवारको समय फिर्ता लिने अन्तिम समय। फागुन २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने। फागुन २९ गते देखि चैत्र २ गते सम्म प्रचारप्रसार ।
चैत्र ५ गते मतदान ।


